2026-08-27 12:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा चितुवा आतंक, दर्जनौँ खसीबाख्रा मारिए

मङ्सिर २१, खोटाङ । जिल्लाको दक्षिणी क्षेत्रमा चितुवा आतंक भएको स्थानीयले बताएका छन् । 

चराउन जंगल लगिएका तथा खोरमै राखिएका बाख्राखसी चितुवाले खान थालेपछि स्थानीयवासी चिन्तित बनेका छन् । जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालय–४ का केदार रोइलाका पाँचवटा बाख्राखसी चितुवाले एकै दिन खाएको स्थानीयले बताएका छन् । जंगलमा चराउन लगिएको अवस्थामा एकै दिन पालैपालो गरेर पाँचवटा बाख्राखसी चितुवाले मारेको रोइलाको भनाइ छ । 

रोइलासँगै स्थानीय रत्नबहादुर राई र मानबहादुर रोइलाको पनि बाख्राखसी मारेको स्थानीयले बताएका छन् । बाख्राको खोर भत्काएर राईका सातवटा खसीबाख्रा एकै दिन मारेको हो । 

चितुवा जंगलबाट गाउँघरमा आएर साँझ परेपछि ठूलो आवाज गरेर कराउने तथा खोर भत्काएर दैनिक बाख्राखसी मार्न थालेपछि स्थानीय त्रसित बनेका छन् । एक्लै हिडेका मानिससँग चितुवाले भेटे आक्रमणको प्रयास गर्ने तथा लखेट्ने गरेको स्थानीयको भनाइ छ । 

स्थानीयका अनुसार टाटेपाटे रङको ठूलो चितुवा गाउँ पसेको बताइएको छ । दुईवटा चितुवा रहेको र सँगै हिँड्ने तथा बिहान घाम झुल्किनासाथ जंगलको बीचमा पर्ने डाँडामा सँगै जुध्दै घाम ताप्न निस्कने गरेको प्रत्यक्षदर्शीले बताएका छन् । 

चितुवाले त्यस क्षेत्रका मृगसमेत सखाप बनाएको स्थानीय बताउँछन् । यसअघि खोटेहाङ गाउँपालिकाको वडा नम्बर—१ लिकुवापोखरीमा पनि चितुवा आतंक भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै नेप्से परिसूचक ३५.९२ अंकले घट्यो जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक कैलाश मानसरोवर जान हिँडेका ५० पर्यटक सम्पर्कविहीन भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ताः नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता बनाउन रवि लामिछानेको अपिल त्रिशूलीमा बाढीको सतह बढ्दोः मलेखु र गल्छीका बस्ती सुरक्षित स्थानमा सारिँदै प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन विपद् परिषद्को बैठक रसुवामा भीषण बाढीः १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर परिचालन खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’