२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

मुटुको परिक्षण र सामान्य उपचार चरिकोटमै निःशुल्क

२१ मंसिर २०७४, बिहीबार ०५:४०

ताराबहादुर महत । मंसिर २१, दोलखा । पाँच दिनकी सुत्केरी दोलखाको लामिडाँडाकी २९ बर्षिया तारा शिवाकोटी गत मंसिर १६ गते बेलुकी एक्कासी विरामी पर्नुभयो । सिँगटी प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य रुपमै बच्चा जन्माउन सफल भएकी शिवाकोटी आफ्नो बच्चालाई राम्रोसँग दुध नआएपछि छटपटाई रहनु भएको थियो । त्यस्तै बखतमा उहाँलाई असहज महशुस भयो र श्वासप्रश्वास गर्न समेत अत्यन्त्यै गाह«ो भयो । परिवारका सदस्यहरुले अरु केहि समस्याले हो कि भनेर विचार गरे तर अवस्था थप जटिल बन्दै गएपछि राति नै चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याईयो ।


प्राथमिक स्वास्थ्य केन्द्रकको आपतकालिन कक्षमा उहाँलाई भर्ना गरियो र शिवाकोटीको स्वास्थ्य जाँच गरियो । अरु सबै जाँच गरिएपछि समस्या देखिएन । त्यसपछि मुटुको भिडियो एक्स–रे गरियो । एक्स–रे गरिएपछि बल्ल थाहा भयो । उहाँको मुटुमा समस्या रहेछ । मुटुको समस्या पत्ता लागेपछि औषधि सेवन गराईयो र दुई दिनसम्म अक्सिजनको भरमा विरामीको उपचार गरेपछि मंसिर १९ गते म अस्पताल पुग्दा अवस्था सामान्य भएको उपचारमा संलग्न डाक्टर विनोद दंगाल, विरामी र आफन्तहरुले बताएका थिए ।


न्याय हेल्थ नेपाल नामक गैरसरकारी संस्थासँगको समन्वयमा प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटले संचालन गरेको प्रस्तावित चरिकोट अस्पतालले करिब ६ महिनाअघिबाट मुटुको भिडियो एक्स–रे सेवा शुरु गरेको मेडिकल डाईरेक्टर विनोद दंगालले जानकारी दिनुभयो । उहाँका अनुसार यो सेवा शुरु भएपछि करिब ६ सय जनाले मुटु परिक्षण गरेका छन ।

प्राणी स्वास्थ्यमै सबै भन्दा संवेदनशील मानिने मुटु रोगको सामान्य परिक्षण र उपचारका लागि लाखौं रुपैँया खर्चेर राजधानी काठमाण्डौं पुग्नुपर्ने बाध्यता रहेकोमा प्रस्तावित चरिकोट अस्पतालले निःशुल्क यो सेवा शुरु गरेपछि सेवाग्राहीहरु खुसी भएका छन । मेडिकल डाईरेक्टर समेत रहनुभएका डाक्टर विनोद दंगालले भारतमा गएर मुटु रोगको उपचारसम्बन्धि तालिम लिएर आएपछि यो सेवा शुरु गरिएको अस्पताल प्रशासनले जनाएको छ । यसअघि विभिन्न बहिरङ्ग सेवाका साथै हाडजोर्नी सम्बन्धि जटिल शल्यक्रिया समेत गर्ने गरेको अस्पतालमा मुटु परिक्षण सेवा शुरु गरेकोले मुटु सम्बन्धि कुनै समस्या भएमा परिक्षण गरी लाभ लिन समेत अस्पताल व्यवस्थापनले सबैमा अपिल गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन