गणेश सिर्पाली, चैत्र २६, रुकुम । जिल्ला अस्पताल सल्ले रुकुममा उपचारका लागि लगिएका बिरामीको मृत्यु भएपछि आफन्तले स्वास्थ्यकर्मीको लापर्वाहीले मृत्यू भएको आरोप लगाएका छन् । जिल्लाको चौखाबाङ गाविस वडा नं. ५ अदुवारीका ४८ बर्षिय नेपबहादुर ओलीलाई विहिवार साँझ अस्पताल पु¥याइएको थियो ।
मुटु दुखेर विरामी परेपछि अस्पताल पु¥याइएका ओलीको आज विहान सवा ६ वजेतिर मृत्यू भएको थियो । डाक्टरहरुको लापर्बाही कारण बिरामीको अकालमै ज्यान गएको भन्दै आफन्तजनहरु आक्रोशित वनेका छन । बिरामीको चेकजाँचमा डाक्टरहरुले बेवास्ता गरेको मृतक ओलीका भाई जयवहादुर ओलीले वताउनुभयो ।
हामीले विरामीको चेकजाँचका लागी डाक्टरहरुलाई अनुरोध ग¥यौं तर वास्ता गरिएन जयवहादुरले भन्नुभयो–“‘शुरुमा एकछिन चेक गरेर अवस्था सामान्य छ भन्दै ग्यास्टिकको औषधी दिए, सलाईन चढाए तर रातभरी डाक्टर हेर्न आएनन्, सलाईन सक्किएर उल्टै बिरामीको रगत सलाईनको बोतलमा तानेको थियो । अस्पतालमा कार्यरत डाक्टरहरुले विरामीको चेकजाँच गर्नुको साटो वेलुका उल्टै मदिरा सेवन गरेर रातभर मस्ती गरेको आफन्तजनहरुको आरोप छ । सामान्य बिरामीको ज्यान गएको भन्दै आक्रोशित आफन्तहरुले विहान एकछिन अस्पतालको कामकाज समेत प्रभावित वनाएका थिए ।
अस्पतालमा अवरोध गर्दा अन्य बिरामीहरुको स्वास्थ्यमा समस्या हुने कुरालाई ध्यानमा राखी मृतकका आफन्तहरु मानबअधिकारकर्मी तथा पत्रकारहरुलाई गुहार्न पुगेका थिए ।
१५ दिनमा सत्यतत्थ्य पत्ता लगाउने गरि छानविन समिति गठन गर्ने र शव गाउँमै पु¥याउन गाडिको व्यवस्था गर्ने सहमति भएपछि आफन्तले शव वुझेका छन ।