मंसिर २२, काठमाडौँ | हिमाली जिल्ला मनाङबाट नेपाली कांग्रेसले आफ्नो पहिलो खाता खोलेको छ । मनाङको प्रदेश सभा निर्वाचन 'क' क्षेत्रमा कांग्रेस उम्मेदवार चिन्तबहादुर घलेले एमालेका धोर्जे डण्डुल गुरुङलाई १ सय २ मतान्तरले पारजित गरेका हुन् ।
जितका लागि घलेले ९ सय ९८ मत प्राप्त गरेका छन् । उनको विजय बारे औपचारिक घोषणा भने हुन बाँकी छ । मनाङ (क) मा २ हजार १ सय ७९ मतदाता रहेकोमा १ हजार ९ सय १ खसेको थियो ।
मनाङमा अब केहि घण्टाभित्रै सबै नतिजा आईसक्ने बताइएको छ ।