२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

भुकुम्प स्मृति दिवस मनाउने तयारी

१० बैशाख २०७३, शुक्रबार ०२:४९

गणेश सिर्पाली, वैशाख–१०, रुकुम । यहि वैशाख १२ गते रुकुममा भुकुम्प स्मृति दिवस मनाइने भएको छ । देशमा महाभुकुम्प गएको दिन वैशाख १२ गते देशभर भुकुम्प स्मृति दिवस मनाउने केन्द्रीय विपद् व्यवस्थापन समितिको निर्णय अनुसार रुकुम जिल्लामा पनि विभिन्न कार्यक्रम गरी भुकुम्प स्मृति दिवस मनाइने भएको हो ।

मुसिकोट खलंगामा वसेको जिल्ला विपद् व्यवस्थापन समितिको वैठकले महाभुकुम्पमा ज्यान गुमाएकाको शोकमा विगुल वजाउंदै वजार परिक्रमा गर्ने, एक मिनेट मौन धारण गर्ने र विभिन्न जनचेतना मुलक कार्यक्रम गर्ने निर्णय गरेको छ । १२ गते विहान ठिक ११ वजेदेखी कालिका स्थानबाट विगुल वजाउन शुरु गर्ने र व्राहटाकुरा स्थित सेमी कवर्ड हलमा ११ वजेर ५६ मिनेट जाँदा एक मिनेट मौन धारण गर्ने कार्यक्रम तय गरिएको छ ।

ज्यान गुमाएका प्रति श्रद्धान्जली व्यक्त गर्दै आगामी दिनमा यस्तो विपद् भोग्न नपरोस भनि प्राथाना गर्ने दिन भएकाले १२ गते विहान ११ वजेर ५६ मिनेट जाँदा गुडीरहेको गाडी रोक्न, विद्यालयमा पठन पाठन रोक्न, होटेल तथा पसल वन्द गर्न र रेडियोहरुले शोक धुन वजाउन वैठकले अनुरोध समेत गरेको छ । यसैविच जिल्लाको विपद् प्रतिकार्य योजनालाई संसोधन गर्न माहतदका कलष्टरहरुलाई सक्रिय वनाइने भएको छ । वैठकले विभिन्न आठ ओटा कलष्टरहरुलाई यहि वैशाख २० गतेभित्र प्रतिकार्य योजनाको संसोधनका लागी सुझाव वुझाउन निर्देशन दिएको छ ।

आ–आफ्नो कलष्टरको वैठक वोलाई जिल्ला विपद् व्यवस्थापन समितिमा पेश गर्ने सुझावका आधारमा विपद् प्रतिकार्य योजनाको संशोधन सहित अन्तिम रुप दिइने छ । यसअघि जिल्ला दैवी प्रकोप उद्धार समितिको नामले चिनिएको समिति आजैदेखी जिल्ला विपद् व्यवस्थापन समितिमा परिणत भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी वंशिराज आचार्यको अध्यक्षतामा वसेको वैठकमा स्थानीय विकास अधिकारी भरत कुमार शर्मा, प्रहरी नायव उपरिक्षक रुपेश खड्का लगायत जिल्लाका विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजिकरण जिल्ला विकास समितिका कार्यक्रम अधिकृत चिन्तामणी दहाल र नेपाल रेडक्रस सोसाइटी रुकुमका कार्यक्रम संयोजक नविनतम रोकाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने