Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नुवाकोटमा कांग्रेस नेता द्वय महत र केसी २५ सय र ५ हजार भन्दा बढी मतले पछाडी

२०७४, २३ मंसिर शनिबार ०५:१८

मङ्सिर २३, नुवाकोट | बिगतमा नुवाकोटमा आफ्नो पकडमा पारेका र यस पटक पनि निश्चिन्त बिजयी हुने आशामा रहेका नुवाकोटका हेभीवेट द्वय रामशरण महत र अर्जुननर्सिंङ  केसीलाई जारी मतगणना भारी परेको छ | 

निरन्तर अग्रता बढ्दै जाँदा र ठूलो मतान्तर थपिएपछी दुवै कांग्रेस नेताहरुलाई 'कम ब्याक' हुन निकै मुश्किल हुने देखिन्छ | रामशरण महतको त केहि आशा राख्न सकिएला तर अर्जुननर्सिंङ केसीलाई भने ५ हजार भन्दा बढी मत एकोहोरो आफ्नो पक्षमा आए पनि जितको लागि आशा गर्न सकिने ठाउँ निकै कम रहेको छ | नुवाकोट क्षेत्र नम्बर २ को पछिल्लो अपडेट अनुसार बामका तर्फबाट एमालेका नारायण खतिवडाले १८०६४ को योगफल तयार गर्दा कांग्रेस नेता अर्जुननरसिंह केसीले १२९१४ मत मात्र पाएका छन् | यहाँ उनीहरुको मतान्तर ५१५० पुगेको छ |

उता क्षेत्र नम्बर १ को मत परिणाम अनुसार पुर्व अर्थमन्त्री समेत बनिसकेका डा. रामशरण महत माओवादी केन्द्रका उम्मेदवारभन्दा निकै पछाडी छन् | यहाँ माओवादी केन्द्रका हितवहादुर तामाङले १४१८३ मत पाउँदा नेपाली कांग्रेसका डा.रामशरण महतले ११६५१ मत पाएका छन् | मतान्तरको कुरा गर्ने हो भने यहाँ महतभन्दा तामाङको पक्षमा २५३२ मत बढी देखिन्छ |

प्रदेशको स्थिति 

नुवाकोट क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा (क) मा एमालेका बद्री मैनालीले ९६६८ मत ल्याई अग्रता लिएका छन् | यहाँ नेपाली कांग्रेसका रमेश महतले ५०९० मत मात्र पाएका छन् | 

त्यस्तै क्षेत्र नम्बर १ कै प्रदेशसभा (ख) मा माओवादी केन्द्रकि राधिका तामाङले ८७०९ मत प्राप्त गरेकी छन् भने नेपाली कांग्रेसका महेन्द्र थिङले ६७२० मत पाएका छन् | 

त्यस्तै नुवाकोट क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (क) मा पनि बाम गठबन्धननै अगाडी छ, यहाँ एमालेका केशव पाण्डेले १०९०४ मत पाउँदा कांग्रेसका जगदिशनरसिंह केसीले ६८८९ मत पाएका छन् | 

त्यसैगरी नुवाकोट क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (ख) मा पनि बाम गठबन्धनकै अग्रता छ, यहाँ माओवादी केन्द्रका हिरानाथ खतिवडाले ८००९ मत पाउँदा कांग्रेसका जगत तामाङले ६६८९ मत पाएका छन् | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश