२०८३ असार २, मंगलबार | ०४:०५ बिहान

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

रुकुमका ५ गाविस पुर्ण सरसफाईयुक्त वन्दै

२०१६-०४-२६

गणेश सिर्पाली, वैशाख–१४, रुकुम । रुकुम जिल्लाका ५ गाविसलाई सन् २०१६ भित्र पुर्ण सरसफाई युक्त घोषणा गरिने भएको छ । जिल्लाका चौखावाङ, स्यालापाखा, रुघाँ, मुरु र सिम्लीलाई यसैवर्ष भित्र पुर्ण सरसफाई युक्त गाविस घोषणा गरिने भएको हो ।

जिल्ला खुला दिसा मुक्त घोषणा भैसकेको अवस्थामा जिल्लालाई पुर्ण सरसफाई युक्त बनाउने लक्ष अनुशार पहिलो चरणमा ५ गाविसलाई छनौट गरिएको हो । पुर्ण सरसफाईका ६ ओटा सुचक मध्य चर्पी निर्माण भई प्रयोग भैरहेको र अन्य सुचकहरु पुरा गर्दै उक्त गाविसहरुलाई पुर्ण सरसफाई युक्त घोषणा गरिने छ ।

व्यक्तिगत सरसफाई, न्युनतम आवश्यक तथा सुरक्षित पानीमा पहँुच तथा प्रयोग, सुरक्षित खानाको प्रयोग, सफा र स्वच्छ आँगन र वातावरणिय स्वास्थ्यमा पुर्ण रुपमा सुधार आएमा पुर्ण सरसफाई युक्त क्षेत्र घोषणा गर्ने प्रावधान रहेको छ । अहिले सम्म मुसिकोट नगरपालिका १ को चन्दननाथ टोल र सल्ले माथीगाउँ गरी २ ओटा टोल मात्र पुर्ण सरसफाई युक्त घोषणा भएका छन् ।

जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिले मुसिकोटमा पुर्ण सरसफाई सम्वन्धी पत्रकारहरुको लागी कार्यशाला गोष्ठीको आयोजना गरी सन् २०२० सम्ममा जिल्लालाई पुर्ण सरसफाई युक्त बनाउने लक्ष रहेको र यो वर्ष ५ गाविस पुर्ण सरसफाई युक्त बनाईने जानकारी गराएको हो ।

गोष्ठीमा सहभागी पत्रकारहरुले सरसफाई प्रवद्र्धनमा पत्रकारहरुको भुमिका र पुर्ण सरसफाई युक्त गाविस घोषणाको कार्ययोजना बनाएका छन् । २ समुहमा विभाजन भई बनाईएको कार्ययोजना जिल्ला खानेपानी तथा सरसफाई समन्वय समितिको बैठकमा पेश गरिने छ । कार्यक्रममा सहभागी सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुले जिल्लालाई खुला दिसा मुक्त बनाउन पत्रकारहरुले खेलको भुमिका महत्वपुर्ण रहेको भन्दै जिल्लालाई तोकिएको समयमै पुर्ण सरसफाई युक्त जिल्ला बनाउन पनि पत्रकारहरुको भुमिका महत्वपुर्ण हुनुपर्ने बताएका थिए । जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका अध्यक्ष एवं स्थानिय विकास अधिकारी भरत कुमार शर्माको अध्यक्षतामा भएको गोष्ठीमा प्रमुख जिल्ला अधिकारी वंशीकुमार आचार्यको प्रमुख आतिथ्यता रहेको थियो ।

गोष्ठीमा जिल्ला शिक्षा अधिकारी रामलाल खड्का, देविदल गणका सेनानी रुद्र गुरुङ, प्रहरी नायव उपरिक्षक रुपेश खड्का, जिल्ला विकास समितिका कार्यक्रम अधिकृत चिन्तामणी दाहाल, जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका निमित्त प्रमुख दिनेश अधिकारी लगाएतको आतिथ्यता रहेको थियो । जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, रुकुमेली समाज विकास केन्द्र, एसएनभी नेपालको सहयोगमा संचालित गोष्ठीको सहजिकरण रुकुमेली समाज विकास केन्द्रका कार्यकारी निर्देशक नरेन्द्र केसीले गर्नुभएको थियो । कार्यक्रमको संचालन जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका नायव सुब्वा पुर्ण वहादुर बिष्टले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते