मंसिर २३, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवम् प्रतिनिधिसभा अन्तर्गत गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार नारायणकाजी श्रेष्ठले हार स्वीकार गर्दै आफ्ना मतदातालाई धन्यवाद दिएका छन् ।
श्रेष्ठले आफ्नो चुनावी प्रतिस्पर्धी डा. बाबुराम भट्टराईलाई जितका लागि बधाई समेत दिएका छन् । उनले ट्वीटर मार्फत भनेका छन्, ‘गोर्खा २ का आदरणीय मतदाताको निर्णयलाई शिरोधार्य गर्दै बिजयका निम्ति डा. बाबुराम भट्टराईलाई हार्दिक बधाई । निर्बाचनमा मलाई समर्थन र सहयोग गर्नुहुने मतदाता, बाम-गठबन्धनका नेता-कार्यकर्ताहरु, आफन्तजन, शुभेच्छुकहरु सबैलाई आभार तथा धन्यवाद । गोरखा २ का आदरणाीय मतदाताको निर्णयलाई शिरोधार्य गर्दै विजयका निम्ति डा. बाबुराम भट्टराईलाई बधाई ।’
उनले आफ्नो निर्वाचन क्षेत्रको परिणाम जे जस्तो भएपछि देश जनता, सत्य र न्याय प्राप्तिका निष्ठामा अविचलित रहने बाचा समेत गरेका छन् ।