२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

सत्य तथा वेपत्ता छानविन आयोगमा अहिले सम्म रुकुमवाट १०५ उजुरी

१४ बैशाख २०७३, मंगलवार १२:३५

गणेश सिर्पाली । वैशाख–१४, रुकुम । सत्य निरुपण तथा वेपत्ता छानविन आयोगमा रुकुमबाट अहिले सम्म १०५ ओटा उजुरी दर्ता भएका छन् । सोमबार सम्म सत्य निरुपणमा ९८ र बेपत्ता छानविन आयोगमा ७ ओटा गरी कुल १०५ ओटा उजुरी दर्ता भएको स्थानिय शान्ती समितिका कार्यालयका सचिव राजु लामिछानेले जानकारी दिनुभयो ।

सोमबार मात्र सत्य निरुपणमा ५० ओटा र वेपत्ता छानविन आयोगमा २ ओटा गरी ५२ ओटा उजुरी दर्ता भएका छन् । यसैविच खारा गाविसका पिडितहरुले सामुहिक रुपमा शान्ती समितिमा पुगी उजुरी दर्ता गराएका छन् । गाविसका करिब ४० पिडितले उजुरी दर्ता गराएको बताईएको छ । मानव अधिकार संरक्षण तथा कानूनी सेवा केन्द्र (हरप्लेस)रा सञ्चालित संक्रमणकालीन न्याय र शान्ति निर्माणका लागि स्थानीय क्षमता विकास कार्यक्रम अन्तर्गत गठन गरिएको गाविस स्तरीय संक्रमणकालीन न्याय तथा शान्ति मञ्चको नेतृत्वमा उनीहरुले उजुरी दर्ता गराएका हुन् ।

केहीदिन अघि खाराको खुम्चेरीमा बसेको मञ्चको बैठकको निर्णय अनुसार उजुरी दर्ता कार्यमा मञ्चका संयोजक चन्द्रबहादुर खड्का, अन्य सदस्य र गाविस स्थित पीडितहरुको सहभागिता रहेको हरप्लेसका जिल्ला कार्यक्रम संयोजक सुरेन्द्र खत्रीले जानकारी दिनुभयो । २०५६ फाल्गुन १० गते तत्कालीन राज्य पक्षद्वारा सामुहिक हत्या गरिएका र घर आगलागीमा परेका पडित परिवार लगाएतले उजुरी दर्ता गरेको केसीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ