६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले नेता रामेश्वर फुयालको भाग्य बलियो ! जम्मा ६७ मतको अन्तरमा बिजयी

२३ मंसिर २०७४, शनिबार १६:३२

मंसिर २३,काठमाडौं । काठमाडौंको क्षेत्र नम्बर ३ प्रदेशसभा ख बाट नेकपा एमालेका नेता रामेश्वर फुयाल ६७ मतको झिनो अन्तरमा प्रदेशसभा सदस्य निर्वाचित भएका छन् ।

फुयालले कांग्रेसका बिमल ठकुरीलाई पराजित गरेका हुन् । शनिवार साँझ सम्पन्न मतगणना अनुसार फुयालले १० हजार ८८६ मत प्राप्त गरेका छन् भने ठकुरी १० हजार ८१९ मत पाएर पराजित भए ।

रोचक संयोग नै मान्नुपर्छ फुयालले ०६४ पछि तीनै चुनावमा सोही क्षेत्रबाट प्रतिस्पर्धा गर्दा एकै परिवारका सदस्यसँग बिजय र पराजय दुवैको अनुभव प्राप्त गरे । ०६४ मा फुयाल कांग्रेसका चक्रबहादुर ठकुरीसँग पराजित भएका थिए भने ०७० मा फुयालले उनै ठकुरीलाई पराजित गरे ।

०७२ को महाभूकम्पमा परि ठकुरीको निधन भएपछि राजनीतिमा आएका उनका छोरा बिमललाई फुयालले नै यसपटक पराजित गरेका हुन् । काठमाडौं ३ को प्रदेशसभा कमा कांग्रेसका छिरिङ दोर्जे लामा बिजयी भएका छन् । उनले माओवादीका रुद्र बराईलीलाई पराजित गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने