मङ्सिर २४, काठमाडौँ | प्रतिनिधि सभा अन्तर्गत निर्वाचन मतगणनाको परिणाम आउने क्रम जारी छ, यसै बीच हालसम्म नेकपा एमालेले ३६ स्थानमा आफ्नो जित दर्ता गराएको छ भने दोश्रो स्थानना माओवादी केन्द्रले १३ स्थानमा जित हात पारेको छ, त्यस्तै तेश्रो स्थानमा रहेको नेपाली कांग्रेसले ६ स्थान, संघीय फोरमले २ स्थान र राजपाले ३ स्थानमा विजय हाँशिल गरेको छ |
अग्रताको स्कोर पनि एमालेको सबै भन्दा बढी त्यसपछि माओवादी केन्द्र र क्रमश नेपाली कांग्रेस, फोरम र राजपाको रहेको छ | एमाले ४१ स्थानमा अगाडी छ भने माओवादी २० स्थानमा, नेपाली कांग्रेस १८ स्थानमा, संघिय फोरम ८ स्थानमा र राजपा ६ स्थानमा अगाडी छन् |
यी बाहेक गोरखा २ मा नयाँ शक्तिले प्रतिनिधि सभामा १ सिट पाएको छ भने स्वतन्त्रमा हुम्लाबाट छक्क बहादुर लामाले १ सिट पाएका छन् | अग्रतामा रराप्रपाले १ स्थानमा अग्रता लिएको अवस्था छ भने स्वतन्त्र उम्मेदवारले २ स्थानमा अग्रता लिई रहेका छन् |