2026-06-17 06:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

काठ काट्न ढाल्दै गरेको रुखले किचेर एकको मृत्यु

प्रकाश धौलाकोटी । बैशाख ८, तेह्रथुम । काठ काट्नका लागि ढाल्दै गरेको रुखले किचेर तेह्रथुममा बुधबार एक जनाको ज्यान गएको छ । सिम्ले गाविस वार्ड नं. ४, पैरे बस्ने ५५ वर्षीय नरबिर निङ्लेकुको दिउँसो साढे चार बजे रुखले किचेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी भाग्येन्द्र पुरुष ढकालले जानकारी दिनुभयो ।

घर नजिकै काठ काट्नकालागि ढाल्दै गरेको रुख सोचे भन्दा विपरीत भएर ढल्दा रुखले निङ्लेकुलाई किचेको बताइएको छ । घटनाबारे थप अनुसन्धानकालागि इलाका प्रहरी कार्यालय सक्रान्तिबजारबाट प्रहरी टोली परिचालन गरिएको डिएसपी ढकालले बताउनुभयो । नरबीरसँगै रहेका स्थानीय रामप्रसाद लिम्बु भने रुख ढल्दा हाँगाले लागेर घाइते भएका छन् । उनलाई उपचारकालागि लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ