११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुर २ मा वाम गठबन्धन विजयी

२४ मंसिर २०७४, आईतवार ०५:५०

मङ्सिर २४, उदयपुर । उदयपुर जिल्लाको निर्वाचन क्षेत्र नं २ मा वाम गठबन्धनको प्यानल नै विजय भएका छन् । 

भर्खरै प्राप्त मत परिणामअनुसार उदयपुर निर्वाचन क्षेत्र नं २ बाट वाम गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार सुरेश किराती (हिमाल) ले २२ हजार ५५१ मत प्राप्त गरेर विजयी हासिल गर्नुभएको छ । 

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नारायणबहादुर कार्कीले १५ हजार ४५५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । 

यस्तै क्षेत्र नं २ कै प्रदेशसभा (क) १ र २ (ख) बाट वाम गठबन्धनकै कला घले र नारायण बुर्जा मगर विजय भइसक्नुभएको छ । 

यता जिल्लाको निर्वाचन क्षेत्र नं १ मा वाम गठबन्धन र काँग्रेसका उम्मेदवारबीच कडा टक्कर भएको छ । आज बिहानसम्मको मत परिणामअनुसार क्षेत्र नं १ को प्रतिनिधिसभाको उम्मेदवारमा नेपाली काँग्रेसका डा नारायण खड्काले १५ हजार २७० मत प्राप्त गर्नुभएको छ भने वाम गठबन्धनका उम्मेदवार मञ्जुकुमारी चौधरीले १५ हजार ३३ मत ल्याएर नेपाली काँग्रेसका डा खड्कालाई पछ्याइ रहनुभएको छ । 

यता निर्वाचन क्षेत्र नं १ को प्रदेश (क) १ मा वाम गठबन्धनका विमल कार्कीले १० हजार ३६० मत प्राप्त गर्नुभएको छ भने नेपाली काँग्रेसका विदुरबाबु बस्नेतले नौ हजार ३५० मत प्राप्त गर्नुभएको छ । 

यस्तै जिल्लाको निर्वाचन क्षेत्र नं १ कै प्रदेश (ख) २ मा नेपाली काँग्रेसका हिमाल कार्कीले १२ हजार २३३ मत प्राप्त गर्नुभएको छ भने वाम गठबन्धनका रामबहादुर थापाले ११ हजार ६० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुरले बताएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप