२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश-५ मा कांग्रेस-एमालेलाई पछी पार्दै माओवादी अग्र स्थानमा (समानुपातिक मत)

२०७४, २४ मंसिर आईतवार १५:५१

मङ्सिर २४, काठमाडौँ | प्रतिनिधि तथा प्रदेश सभाको प्रत्यक्षको मतगणना सम्पन्न भईसकेका जिल्लाहरुमा अहिले समानुपातिकको मतगणना हुँदैछ | देशभरीको समानुपातिक मत गणना जारी प्रदेश नम्बर ५ मा भने माओवादी केन्द्रले  कांग्रेसलाई समेत ५ हजार ४२६ मतले पछी पार्दै पहिलो स्थान लिएको छ | 

प्रदेश ५ को प्रदेश सभाको समानुपातिक अन्तर्गत माओवादीले सबै भन्दा बढी मत पाएको हो | मतगणना जारि भईरहेको हुँदा कति मत ल्याउँदासम्म माओवादी पहिलो स्थानमा रहन्छ भन्न सकिने अवस्था छैन तर पनि अहिलेको फराकिलो मतले प्रदेश ५ मा माओवादीको राम्रो मत आउने सम्भावना छ | 

पहिलो स्थानमा बेलुका ९ बजेसम्म माओवादीले १३ हजार ५१४ मत प्राप्त गरेको छ भने दोश्रो स्थानमा कांग्रेसले ८ हजार ८८ मत पाएको छ | त्यस्तै तेश्रो स्थानमा रहेको नेकपा एमालेले ७ हजार ४ सय ७४ मत प्राप्त गरेको छ | 

रहेको छ रहँदा एमाले सबै भन्दा पहीलो स्थानमा छ भने कांग्रेस दोश्रो र माओवादी तेश्रो स्थानमा छ तर प्रदेश नम्बर ३ मा प्रदेशसभा अन्तर्गत समानुपातिक मत गणना भईराख्दा नयाँ शक्तिले माओवादीले भन्दा बढी मत पाएको छ |

त्यस्तै चौथो स्थानमा विवेकशील साझाले ४०७ मत प्राप्त गरेको छ | त्यसै गरि नयाँ शक्तिले ३२३ मत मात्र पाएको छ | अन्यपार्टीले यस क्षेत्रमा ९५२ मत पाएका छन् | 

___________

प्रदेश ५ को दाङमा आठ स्थानमा वाम गठबन्धन र एक स्थानमा काँग्रेसको जीत

मङ्सिर २४ , दाङ  | यहाँको सबै मतपरिणाम सार्वजनिक भएको छ । मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षको परिणाम आज बिहान सार्वजनिक भएको हो । 

दाङमा तीनवटै प्रतिनिधिसभा सदस्य वाम गठबन्धनले जितेको छ भने प्रदेशसभाको पाँचवटा वाम गठबन्धन र एउटा काँग्रेसले जितेको छ । 

क्षेत्र नं १ मा वाम गठबन्धनबाट (एमाले)का उम्मेदवार मेटमणि चौधरी निर्वाचित हुनुभएको छ । पहिलो पटक आम चुनाव लडेका मेटमणिले पूर्वसांसद एवम् नेकाकी उम्मेदवार सुशीला चौधरीलाई १३ हजार ८३४ मतान्तरले हराउनुभएको छ । काँग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको घर भएको दाङ क्षेत्र नं १ मा जीत निकाल्ने क्रममा मेटमणिले ३७ हजार ९०८ मत प्राप्त गर्नुभएको थियो । उहाँको निकटतम प्रतिस्पर्धी काँग्रेस उम्मेदवार सुशीला चौधरीले २४ हजार ७४ मत पाउनुभएको थियो । 

यसैगरी दाङ क्षेत्र नं २ मा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा भारी मत अन्तरले विजयी हुनुभएको छ । महराले काँग्रेसका पूर्वसांसद राजु खनाललाई १४ हजार १४५ मतान्तरले हराउनुभएको छ । महराले ४० हजार ४२ मत पाए भने खनालले २५ हजार ८९७ मत प्राप्त गर्नुभएको थियो । महरा पहिलो संविधानसभा निर्वाचन २०६४ मा दाङ क्षेत्र नं ३ बाट विजयी हुनुभएको थियो । दाङ क्षेत्र नं ३ मा पनि वाम गठबन्धनका उम्मेदवार हिराचन्द्र केसी निर्वाचित हुनुभएको छ । एमाले दाङ जिल्ला सचिवसमेत रहनुभएका युवानेता केसीले काँग्रेस केन्द्रीय सदस्य एवं पूर्वसिँचाइमन्त्री दीपक गिरीलाई पराजित गर्नुभएको छ । 

केसीले ४० हजार २८७ मत पाए भने गिरीले ३३ हजार ७३० मत पाउनुभएको थियो । गिरी २०६४ सालको संविधानसभा निर्वाचनमा पराजीत हुनुभएको थियो भने २०७० सालको निर्वाचनमा भारी मतले विजय हुनुभएको थियो । दाङ क्षेत्र नं १ मा प्रदेशसभातर्फ पनि वाम गठबन्धनका दुवै उम्मेदवार निर्वाचित हुनुभएको छ । 

क्षेत्र नं १ ‘क’मा पूर्वसभासद एवम् माओवादी केन्द्रका उम्मेदवार इन्द्रजित चौधरी विजयी हुनुभएको छ । उहाँले नेकाका प्रदीप थापालाई पाँच हजार ८९३ मतान्तरले हराएउनुभएको छ । इन्द्रजितले १७ हजार २८५ र प्रदीप थापाले ११ हजार ३९२ मत पाउनुभएको थियो । इन्द्रजितले पहिलो संविधानसभा निर्वाचनमा दाङ क्षेत्र नं १ मा काँग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्कालाई पराजित गर्नुभएको थियो । 

क्षेत्र नं १ ‘ख’मा पनि वाम गठबन्धनबाट (एमाले)का रेवतीरमण शर्मा निर्वाचित हुनुभएको छ । संविधानसभाका दुवै निर्वाचनमा हार व्यहोरेका शर्माले तेस्रो लडाइँ जिते र प्रदेशसभा सदस्य बन्नुभएको हो । उहाँले काँग्रेसका जानकीलाल बस्नेतलाई ६ हजार ६०१ मतअन्तरले हराउनुभयो । शर्माले १९ हजार ३५४ र बस्नेतले १२ हजार ७५३ मत प्राप्त गर्नुभएको थियो । प्रदेशसभातर्फ क्षेत्र नं २ एमाले नेता शंकर पोखरेल विजयी हुनुभएको छ । उहाँले काँग्रेसका कमलकिशोर घिमिरेलाई नौ हजार ५५१ मतान्तरले पराजित गर्नुभएको छ । पोखरेल २० हजार ७२३ मत पाएर निर्वाचित हुँदा घिमिरे ११ हजार १७२ मत पाउनुभएको थियो । 

पोखरेललाई दोस्रो संविधानसभा निर्वाचनमा काँग्रेस उम्मेदवार बुद्धिराम भण्डारीसँग पराजित हुनुभएको थियो । प्रदेशसभा तर्फकै क्षेत्र नं २ ‘ख’मा एमालेका अमरबहादुर डाँगी विजयी हुनुभएको छ । डाँगी २१ हजार ४५० मतसहित प्रदेशसभा सदस्यमा विजयी हुनुभएको हो भने निकटतम प्रतिस्पर्धी नेकाका भरतबहादुर न्यौपानेले १३ हजार १९० मत पाउनुभएको थियो । 

प्रदेशसभातर्फ क्षेत्र नं ३ ‘क’मा काँग्रेसका डिल्लीबहादुर चौधरीले पार्टीको साख जोगाउन सफल हुनुभएको छ । दाङमा काँग्रेसको गड भएको बेला दाङमा वाम गठबन्धनले वर्चस्व जमाइरहेका बेला चौधरीले माओवादी उम्मेदवार जगप्रसाद शर्मा ‘अपार’लाई दुई हजार ३३६ मतअन्तरले हराउन सफल हुनुभएको छ । श्रम तथा रोजगार राज्यमन्त्रीसमेत रहनुभएका चौधरी १७ हजार ३६ मतसहित निर्वाचित हुनुभएको छ । शमाले १४ हजार ७०० प्राप्त गर्नुभएको थियो । 

प्रदेशसभातर्फ क्षेत्र नं ३ ‘ख’मा भने वाम गठबन्धनबाट एमाले उम्मेदवार उत्तरकुमार ओली निर्वाचित हुनुभएको छ । ओलीले काँग्रेसका पूर्वसांसद बुद्धिराम भण्डारीलाई ६ हजार ४३५ मतान्तरले हराउनुभएको हो । ओलीको पक्षमा २३ हजार ९७० मत परेको छ भने भण्डारीले १७ हजार ५३५ मत पाउनुभएको छ । दोस्रो संविधानसभा निर्वाचनमा भण्डारीले एमाले नेता शंकर पोखरेललाई हराउनुभएको थियो । – (रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा