११ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश-५ मा कांग्रेस-एमालेलाई पछी पार्दै माओवादी अग्र स्थानमा (समानुपातिक मत)

२४ मंसिर २०७४, आईतवार १५:५१

मङ्सिर २४, काठमाडौँ | प्रतिनिधि तथा प्रदेश सभाको प्रत्यक्षको मतगणना सम्पन्न भईसकेका जिल्लाहरुमा अहिले समानुपातिकको मतगणना हुँदैछ | देशभरीको समानुपातिक मत गणना जारी प्रदेश नम्बर ५ मा भने माओवादी केन्द्रले  कांग्रेसलाई समेत ५ हजार ४२६ मतले पछी पार्दै पहिलो स्थान लिएको छ | 

प्रदेश ५ को प्रदेश सभाको समानुपातिक अन्तर्गत माओवादीले सबै भन्दा बढी मत पाएको हो | मतगणना जारि भईरहेको हुँदा कति मत ल्याउँदासम्म माओवादी पहिलो स्थानमा रहन्छ भन्न सकिने अवस्था छैन तर पनि अहिलेको फराकिलो मतले प्रदेश ५ मा माओवादीको राम्रो मत आउने सम्भावना छ | 

पहिलो स्थानमा बेलुका ९ बजेसम्म माओवादीले १३ हजार ५१४ मत प्राप्त गरेको छ भने दोश्रो स्थानमा कांग्रेसले ८ हजार ८८ मत पाएको छ | त्यस्तै तेश्रो स्थानमा रहेको नेकपा एमालेले ७ हजार ४ सय ७४ मत प्राप्त गरेको छ | 

रहेको छ रहँदा एमाले सबै भन्दा पहीलो स्थानमा छ भने कांग्रेस दोश्रो र माओवादी तेश्रो स्थानमा छ तर प्रदेश नम्बर ३ मा प्रदेशसभा अन्तर्गत समानुपातिक मत गणना भईराख्दा नयाँ शक्तिले माओवादीले भन्दा बढी मत पाएको छ |

त्यस्तै चौथो स्थानमा विवेकशील साझाले ४०७ मत प्राप्त गरेको छ | त्यसै गरि नयाँ शक्तिले ३२३ मत मात्र पाएको छ | अन्यपार्टीले यस क्षेत्रमा ९५२ मत पाएका छन् | 

___________

प्रदेश ५ को दाङमा आठ स्थानमा वाम गठबन्धन र एक स्थानमा काँग्रेसको जीत

मङ्सिर २४ , दाङ  | यहाँको सबै मतपरिणाम सार्वजनिक भएको छ । मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षको परिणाम आज बिहान सार्वजनिक भएको हो । 

दाङमा तीनवटै प्रतिनिधिसभा सदस्य वाम गठबन्धनले जितेको छ भने प्रदेशसभाको पाँचवटा वाम गठबन्धन र एउटा काँग्रेसले जितेको छ । 

क्षेत्र नं १ मा वाम गठबन्धनबाट (एमाले)का उम्मेदवार मेटमणि चौधरी निर्वाचित हुनुभएको छ । पहिलो पटक आम चुनाव लडेका मेटमणिले पूर्वसांसद एवम् नेकाकी उम्मेदवार सुशीला चौधरीलाई १३ हजार ८३४ मतान्तरले हराउनुभएको छ । काँग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको घर भएको दाङ क्षेत्र नं १ मा जीत निकाल्ने क्रममा मेटमणिले ३७ हजार ९०८ मत प्राप्त गर्नुभएको थियो । उहाँको निकटतम प्रतिस्पर्धी काँग्रेस उम्मेदवार सुशीला चौधरीले २४ हजार ७४ मत पाउनुभएको थियो । 

यसैगरी दाङ क्षेत्र नं २ मा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा भारी मत अन्तरले विजयी हुनुभएको छ । महराले काँग्रेसका पूर्वसांसद राजु खनाललाई १४ हजार १४५ मतान्तरले हराउनुभएको छ । महराले ४० हजार ४२ मत पाए भने खनालले २५ हजार ८९७ मत प्राप्त गर्नुभएको थियो । महरा पहिलो संविधानसभा निर्वाचन २०६४ मा दाङ क्षेत्र नं ३ बाट विजयी हुनुभएको थियो । दाङ क्षेत्र नं ३ मा पनि वाम गठबन्धनका उम्मेदवार हिराचन्द्र केसी निर्वाचित हुनुभएको छ । एमाले दाङ जिल्ला सचिवसमेत रहनुभएका युवानेता केसीले काँग्रेस केन्द्रीय सदस्य एवं पूर्वसिँचाइमन्त्री दीपक गिरीलाई पराजित गर्नुभएको छ । 

केसीले ४० हजार २८७ मत पाए भने गिरीले ३३ हजार ७३० मत पाउनुभएको थियो । गिरी २०६४ सालको संविधानसभा निर्वाचनमा पराजीत हुनुभएको थियो भने २०७० सालको निर्वाचनमा भारी मतले विजय हुनुभएको थियो । दाङ क्षेत्र नं १ मा प्रदेशसभातर्फ पनि वाम गठबन्धनका दुवै उम्मेदवार निर्वाचित हुनुभएको छ । 

क्षेत्र नं १ ‘क’मा पूर्वसभासद एवम् माओवादी केन्द्रका उम्मेदवार इन्द्रजित चौधरी विजयी हुनुभएको छ । उहाँले नेकाका प्रदीप थापालाई पाँच हजार ८९३ मतान्तरले हराएउनुभएको छ । इन्द्रजितले १७ हजार २८५ र प्रदीप थापाले ११ हजार ३९२ मत पाउनुभएको थियो । इन्द्रजितले पहिलो संविधानसभा निर्वाचनमा दाङ क्षेत्र नं १ मा काँग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्कालाई पराजित गर्नुभएको थियो । 

क्षेत्र नं १ ‘ख’मा पनि वाम गठबन्धनबाट (एमाले)का रेवतीरमण शर्मा निर्वाचित हुनुभएको छ । संविधानसभाका दुवै निर्वाचनमा हार व्यहोरेका शर्माले तेस्रो लडाइँ जिते र प्रदेशसभा सदस्य बन्नुभएको हो । उहाँले काँग्रेसका जानकीलाल बस्नेतलाई ६ हजार ६०१ मतअन्तरले हराउनुभयो । शर्माले १९ हजार ३५४ र बस्नेतले १२ हजार ७५३ मत प्राप्त गर्नुभएको थियो । प्रदेशसभातर्फ क्षेत्र नं २ एमाले नेता शंकर पोखरेल विजयी हुनुभएको छ । उहाँले काँग्रेसका कमलकिशोर घिमिरेलाई नौ हजार ५५१ मतान्तरले पराजित गर्नुभएको छ । पोखरेल २० हजार ७२३ मत पाएर निर्वाचित हुँदा घिमिरे ११ हजार १७२ मत पाउनुभएको थियो । 

पोखरेललाई दोस्रो संविधानसभा निर्वाचनमा काँग्रेस उम्मेदवार बुद्धिराम भण्डारीसँग पराजित हुनुभएको थियो । प्रदेशसभा तर्फकै क्षेत्र नं २ ‘ख’मा एमालेका अमरबहादुर डाँगी विजयी हुनुभएको छ । डाँगी २१ हजार ४५० मतसहित प्रदेशसभा सदस्यमा विजयी हुनुभएको हो भने निकटतम प्रतिस्पर्धी नेकाका भरतबहादुर न्यौपानेले १३ हजार १९० मत पाउनुभएको थियो । 

प्रदेशसभातर्फ क्षेत्र नं ३ ‘क’मा काँग्रेसका डिल्लीबहादुर चौधरीले पार्टीको साख जोगाउन सफल हुनुभएको छ । दाङमा काँग्रेसको गड भएको बेला दाङमा वाम गठबन्धनले वर्चस्व जमाइरहेका बेला चौधरीले माओवादी उम्मेदवार जगप्रसाद शर्मा ‘अपार’लाई दुई हजार ३३६ मतअन्तरले हराउन सफल हुनुभएको छ । श्रम तथा रोजगार राज्यमन्त्रीसमेत रहनुभएका चौधरी १७ हजार ३६ मतसहित निर्वाचित हुनुभएको छ । शमाले १४ हजार ७०० प्राप्त गर्नुभएको थियो । 

प्रदेशसभातर्फ क्षेत्र नं ३ ‘ख’मा भने वाम गठबन्धनबाट एमाले उम्मेदवार उत्तरकुमार ओली निर्वाचित हुनुभएको छ । ओलीले काँग्रेसका पूर्वसांसद बुद्धिराम भण्डारीलाई ६ हजार ४३५ मतान्तरले हराउनुभएको हो । ओलीको पक्षमा २३ हजार ९७० मत परेको छ भने भण्डारीले १७ हजार ५३५ मत पाउनुभएको छ । दोस्रो संविधानसभा निर्वाचनमा भण्डारीले एमाले नेता शंकर पोखरेललाई हराउनुभएको थियो । – (रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेनाल्टी सुटआउटमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क हुने अनुमति विना काठमाडौँ आएको एयर एसियालाई कारबाही थलापति विजयलाई पछि पार्दै अल्लू अर्जुन बने भारतकै महँगा अभिनेता बङ्गलादेश लगातार दोस्रो पटक फाइनलमा एक्स्पायर अवतरण अनुमति लिएर आएको थाई एयर एसियालाई अन्ततः अवतरण गर्न दिइयो ७२ औँ मिनेटमा भुटानको पोस्टमा बंगलादेशको ७ गोल (अपडेट) अमेरिकासँगको खेलमा नेपालका लागि टस महत्त्वपूर्ण भुटानविरुद्ध बंगलादेशले पहिलो हाफमा नै फराकिलो अग्रता (अपडेट) जब अदालतमा हराएको ३३ लाखको हिराको हार वकिलको खल्तीमा भेटियो अफगानिस्तानका राष्ट्रिय टोलीबाट खेल्दै आएकासहित १० खेलाडीहरुको एनपीएलमा चासो, तीनजनाले तोके मूल्य वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक उप्रेती छानबिनका लागि मन्त्रालय तानिए बोटोक्सका कारण मुख बाँगो भएको आलोचनापछि के भनिन् अलिया भट्टले? प्रचण्डलाई ओलीको जवाफः‘हतियार नचलाए पनि विसाउने तरिका सिकाउछौं’ रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय लगियो आज आइतबार प्रतितोला १४ सय रूपैयाँले बढ्दै सुनको भाउ हालसम्मकै उच्च! दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा जर्जियाको संसदीय निर्वाचन : ७० प्रतिशत मतगणना हुँदा सत्तारूढ जीडी पार्टीलाई ५३ प्रतिशत मत घरेलु मैदानमै रियल बार्सिलोनासंग ४–० गोलले पराजित