६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हारेपछी एमाले उपाध्यक्ष गौतमले यसो भने

२४ मंसिर २०७४, आईतवार १६:३९

मङ्सिर २४ , काठमाडौँ (रासस) | नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले आफू हारे पनि गठबन्धनले जितेकामा खुशी व्यक्त गर्दै काँधमा काँध मिलाएर अघि बढ्ने बताउनुभएको छ । 

बर्दिया प्रतिनिधिसभा क्षेत्र नं १ बाट पराजीत भएपछि उपाध्यक्ष गौतमले आज एक विज्ञप्ति जारी गरी गठबन्धनको एउटा प्रमुख सूत्रधारको हैसियतले गठबन्धनले प्राप्त गरेको अपार सफलताबाट ज्यादै हर्षित भएको उल्लेख गर्नुभएको छ । 

आफू व्यक्तिगत रुपमा पराजीत हुन परे पनि पार्टी र समग्र वाम गठबन्धनले हासिल गरेको अद्वितीय विजयले आफ्नो पराजयबाट रत्तिभर पनि निराशाबोध भएको छैन भन्दै उहाँले जनताले वाम गठबन्धनप्रति देखाएको यो अगाढ प्यार र विश्वासले अत्यन्त उत्साहित बनाएको बताउनुभएको छ । 

“यो गठबन्धन क्रमशः पार्टी एकतामा रुपान्तरण हुँदै समाजवाद निर्माणको महत्वपूर्ण अध्यायमा मुलुक प्रवेश गर्ने कुरामा म विश्वस्त छु । यस विषयमा आफूले प्रस्तुत गर्नुपर्ने भूमिका र जिम्मेवारीमा म सधैँ, उत्तिकै र अझ ऊर्जाका साथ लागिपर्ने विश्वास पनि दिलाउन चाहन्छु”, विज्ञप्तिमा भनिएको छ । 

एमाले उपाध्यक्ष गौतमले आगामी दिनमा राष्ट्र, राष्ट्रियता र जनताको हितमा सक्रिय रहने प्रतिबद्धता जनाउँदै बर्दिया क्षेत्र नं १ का मतदाता एवं सम्पूर्ण जनतालाई मत दिएकामा आभार व्यक्त गर्नुभएको छ । 

गठबन्धनले प्राप्त गरेको अपार विजयले हामी सबैको काँधमा धेरै जिम्मेवारी र चुनौती थपेको उल्लेख गर्दै उपाध्यक्ष गौतमले नेपाली जनताले वाम गठबन्धनप्रति देखाएको अतुलनीय विश्वासलाई रत्तिभर पनि निराश हुन नदिने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति