मङ्सिर २५, काठमाडौँ | प्रतिनिधि तथा प्रदेश सभा अन्तर्गत प्रत्यक्ष तर्फको मत गणना सम्पन्न भएका जिल्लाहरुमा समानुपातिक तर्फको मत गणना भईरहेको छ । मध्ये राति १ बजेसम्मको समानुपातिक परिणाम अनुसार विभिन्न जिल्लाका गरी ५ लाख ८८ हजार २५२ मत गनिसकिएको छ।
हालसम्मको ताजा मत परिणाम अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रत्यक्षतर्फ अग्रता लिएको नेकपा एमालेलेनै समानुपातिकमा पनि अग्रता लिएको छ । नेकपा एमालेले समानुपातिकमा पहिलो अग्रता लिँदै हालसम्म २ लाख मत कटाईसकेको छम उसको मत अहिलेसम्म १ लाख १८ हजार ९ मत रहेको छ ।
त्यस्तै दोश्रो स्थानमा रहेको कांग्रेसले पनि २ लाख कटाएको छ, उसले हालसम्म २ लाख ९ हजार हजार २६२ मत पाएको छ । यो मत एमालेको भन्दा ८ हजार ७४७ मतले कम हो ।
त्यस्तै तेश्रो स्थानमा रहेको माओवादी केन्द्रले १ लाख कटाएको छ । उसको १ लाख २ हजार ८४८ मत आएको छ । त्यस्तै ३ घण्टा अघिको समानुपातिक मतमा चौथो स्थानमा रहेको नयाँ शक्ति पार्टी नेपाललाई उछिन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले ८ हजार ८७१ मत ल्याएको छ भने पाँचौं स्थानमा विवेकशील साझा पार्टीले ८ हजार ८६१ मत पाएको छ । उता नयाँ शक्तिले भने ८ हजार ४८८ मत पाएको छ ।
त्यस्तै राष्ट्रिय जनता पार्टी नेपालले ७ हजार ४१ मत पाएको छ ।
त्यस्तै समानुपातिक तर्फ संघीय समाजवादी फोरमले ६ हजार ४१० मत ल्याएको छ ।
त्यस्तै राष्ट्रिय जनमोर्चाले ३ हजार ८५८ मत पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले ३ हजार ७३ मत पाएको छ
त्यस्तै अन्य दलको योगफल ११५३१ पुगेको छ ।