Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

दृष्टि विहिन तथा सुस्त श्रवण भएका विद्यार्थीलाई सरसफाई सामाग्री वितरण

२०७४, २५ मंसिर सोमबार ०४:००

दान बहादुर बुढा/मंसिर २५, मुगु । विश्व मानव अधिकार दिवसका अवसरमा जिल्लामा सरकारी निकायबाट कुनै कार्यक्रम नगरिए पनि गैर सरकारी संस्थाले जिल्लामा रहेका दुईवटा विशेष कक्षाका विद्यार्थीलाई सरसफाई सामाग्री वितरण गरेका छन ।


सदरमुकाम स्थित महाकालि माध्यामिक विद्यालयमा रहेको विशेष कक्षामा अध्ययनरत २३ जना सुस्त श्रवण भएका विद्यार्थी र प्रावि बाल मन्दिरमा रहेका दश जना दृष्टि विहिन विद्यार्थीलाई सामाग्री वितरण गरिएको हो । 

मानव अधिकारका क्षेत्रमा काम गरिरहेका किर्डाक नेपाल र हिमाली ग्रामीण युवा समाज विकास केन्द्र हिरिसडेक मुगुले संयुक्त रुपमा सरसफाई सामाग्री वितरण गरेको प्रावि बाल मन्दिरका प्रधानाध्यापक दिलिप कुमार शाहीले जानकारी दिए ।

रुमाल, सावुन, ब्रस, टुथपेष्ट, काईयो, नङ्गकट लगायतका सामाग्री विद्यार्थीलाई वितरण गरिएको छ । 


महिनावारी हुने छात्रालाई दैनिक प्रयोग हुने सामाग्री सहित सेनिटरी प्याड समेत प्रदान गरिएको र प्रति विद्यार्थीलाई एक हजार बरावरको सामाग्री उपलब्ध गराईएको तथा केही दिनमा उनिहरुका लागि शैक्षिक सामाग्री समेत उपलब्ध गराईने हिरिसडेक मुगुका अध्यक्ष मिनबहादुर रावलले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ