३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

जंगलमा एकैसाथ भेटिए एकै परिवारका ४ जनाको शव

१७ भाद्र २०७२, बिहीबार ०८:३८

भदौ १७, रोल्पा । रोल्पामा एकै घरका ४ जनाको शब् संगै रहेको अवस्थामा फेला परेको छ ।

पश्चिम रोल्पाको राँक गाविसवडा नं. २ का ३७ बर्षीया पवित्रा राना र उनका छोराछोरीसहित ४ जनाको शव एकैसाथ सोही गाबिसकै ७ नं वडाको मौवा स्याला लामपाखा भन्ने जंगलमा बिहिबार दिउँसो उनीहरुको शव स्थानीयले फेला पारेका हुन् ।

आमा पवित्रा रानासँगै एक छोरा र दुई छारीको लाश सँगै रहेको स्थानीय गणेश वलीले जानकारी दिए । घटनास्थलमा मेटासिटको २ वटा खाली बोतल भेटिए पनि उनीहरुको मृत्यु के कारणले भएको भन्ने अझै पुष्टि हुन सकेको छैन । पाछाबाङबाट प्रहरी घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक शेखरजंग मल्लले जानकारी दिए ।

प्रहरी निरीक्षक मल्लका अनुसार प्रहरी चौकी पाछाबाङबाट घटनास्थलसम्म पुग्न झण्डै ६ घन्टाको पैदल दूरी रहेको छ । प्रहरीले मुचुल्कासहित मृतकहरुको पोष्टमार्टमपछि मात्रै घटनाको रहस्यबारे खुल्ने छ । सदरमुकामदेखि एक दिन बढीको पैदल दूरीमा घटनास्थल पर्ने भएकाले शुक्रबार मात्रै पोष्टमार्टम हुनेछ । अमरजित पुनमगरबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली