2026-07-04 08:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

अन्तर्घातको कारण निर्वाचन हारेको निष्कर्ष निकाल्दै २० जनालाई पार्टीबाटै निष्काशित ! (बिज्ञप्ति सहित)

पूर्णप्रसाद न्यौपाने | मङ्सिर २५, ओखलढुंगा | पार्टी भित्रको अन्तरघातका कारण चुनाव हारिएको ओखलढुंगा कांग्रेसले निश्कर्ष निकालेको छ । निर्वाचनको समिक्षा गर्न बसेको कांग्रेस जिल्ला कार्यसमितिको वैठकले कांग्रेसकै नेता र कार्यकर्ताहरुले पार्टीका आधिकारीक उमेद्वारलाई असहयोग गरेका कारण चुनावको नतिजा आफ्नो पक्षमा नआएको निश्कर्ष निकालेको हो ।

यसैबिच कांग्रेसले अन्तरघात गर्नेहरुलाई पहिचान गरेर २० जनालाई साधारण सदस्य समेत नरहनेगरी निष्कासन गरेको छ । पार्टीलाई अन्तरघात गरेको भन्दै कांग्रेसले महासमिति सदस्यहरु टेकराज भटराई,कुमार लुईटेल र महाधिवेशन प्रतिनिधि लिला बल्लभ दाहाल सहित स्वतन्त्र उमेद्वार ज्ञानेन्द्र रुम्दाली,रुम्दालीका प्रस्तापक समर्थक महाधिवेशन प्रतिनिधि रामजी वास्तोला, महासमिति सदस्य कमल तामाङ सहित  २० जनालाई पार्टीबाट निष्कासन गरेको छ । कारबाहीमा पर्नेहरुमा २ जना वडा अध्यक्ष समेत छन् । स्वतन्त्र उमेद्वारलाई सहयोग गरेको भन्दै मानेभञ्ज्याङ गाउँपालिका १ का वडा अध्यक्ष राजकुमार रुम्दाली र मानेभञ्ज्याङ गाउँपालिका ८ का वडा अध्यक्ष भिमबहादुर मगरलाई कांग्रेसले निष्कासन गरेको कांग्रेस प्रवत्ता राजकुमार ढुंगानाले बताउनुभयो । यो कारबाही पार्टीको विधान बमोजिम हुने जनाईएको छ ।

सदरमुकाममा पत्रकार सम्मेलन गरेर काग्रेसले अन्तरघातीहरुलाई कारबाही गरिएको जानकारी दिएको हो । कांग्रेसका उमेद्वार रामहरी खतिवडा, मित्रसेन दाहाल, प्रदिप सुनुवार र समानुपातीक उमेद्वार गोमा केसीले कार्यकर्तालाई कारबाही गरेको विज्ञप्तीमा हस्ताक्षर गरेका छन् ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो