२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा दशैविशेष सांस्कृतीक मेला हुने

२०७२, ४ आश्विन सोमबार ०१:५३

शँकर के सी, असोज ४, रोल्पा । प्राकृतीक सौन्दौर्यताले भरिएको रोल्पाको बुढागाउं ३, लिङदुङमा दशैँ विशेष वृहत सांस्कृतीक मेला हुने भएको छ ।

सयपत्री युवा क्लवको आयोजना र विभिन्न संचारकर्मी तथा युवाहरुको पहलमा बुढागाउँ लिङदुङमा आगामी असोजको २८ र २९ गते सांस्कृतीक मेला हुने भएको हो । जसको लागी लिङदुङ बजारमा बसेको बैठकले अर्जुन ओलिको संयोजकत्वमा ७ सदस्यीय मुल आयोजक कमिटी गठन गरेको छ ।
यस्तै कार्यक्रमलाइ सफल पार्नका लागी विभिन्न व्यक्तिलाइ जिम्मेवारि तोकिएको छ । जस अनुसार मेला संयोजकको रुपमा अर्जुन ओलि, व्यवस्थापकको रुपमा सन्तोष घर्ती, सांस्कृतीक संयोजकको रुपमा प्रेम विवश घर्ती, प्रचारप्रसार संयोजकको रुपमा शँकर केसीलाइ जिम्मेवारि दिइएको छ ।
यस्तै नरेश घर्तीलाइ आर्थीक संयोजक, टिकाराम रानालाइ स्वयमसेवक संयोजक तथा सह व्यवस्थापक र रण बहादुर पुनलाइ अतीथी सत्कार तथा टिकट व्यवस्थापकको जिम्मेवारि प्रदान गरिएको छ ।
दुइ दिन संचालन हुने कार्यक्रममा पशुपती शर्मा, खुमन अधिकारि, ज्योती मगर, पबित्रा घर्ती, तुल्सी घर्ती, लक्ष्मी बोहोरा, प्रेम विवश घर्ती लगाएतका कलाकारहरु तथा अन्य विभिन्न क्लवहरुले आफ्नो प्रस्तुती राख्ने प्रचारप्रसार संयोजक शँकर केसीले जनाउनुभएको छ ।।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की