शँकर के सी, असोज ७, रोल्पा / रोल्पाको लिङदुङमा हुने दशैविशेष वृहत सांस्कृतीक मेलामा एक दर्जन बढि कलाकारहरुले आफ्नो प्रस्तुती राख्ने भएका छन् ।
सयपत्री युवा क्लव बुढागाउँ ३ को आयोजना र संचारकर्मीहरु तथा युवाहरुको पहलमा आउँदो २८ र २९ गते हुन लागेको सांस्कृतीक कार्यक्रममा चर्चीत लोक दोहोरि गायकहरु पशुपती शर्मा, खुमन अधिकारी, गायीका तथा मेडल ज्योती मगरको प्रस्तुतीको टुंगो लागी सकेको मेलाका सांस्कृतीक संयोजक लोक दोहोरि गायक तथा संचारकर्मी प्रेम विवश घर्तीले जानकारि दिनुभयो ।
यस्तै गायीकाहरु पवित्रा घर्ती, तुल्सी घर्ती, खुमा थापा, सम्झना मगर, नृतांगना लक्ष्मी वोहोरा लगाएत एक दर्जन बढि कलाकारले दुइ दिन सम्म लिङदुङ रोल्पामा आफ्नो प्रस्तुती राख्ने पनी उहाँले जनाउनुभएको छ ।
यसैविच सांस्कृतीक मेलाको आवश्यक तयारि धमाधम भइरहेको आयोजकले जनाएको छ । साउण्ड सिस्टम तथा टिकट, पर्चापम्पलेट व्यवस्थापन, प्रचारप्रशार तथा प्रायोजन संकलन लगाएतका काममा मेला संयोजक अर्जुन ओलि, व्यवस्थापक सन्तोष जिएम, आर्थीक संयोजक नरेश घर्ती लगाएतको टोलि खटिएको प्रचारप्रशार संयोजक शँकर के सीले जानकारि दिनुभयो ।
सरस्वती माविको प्रांगणमा हुने कार्यक्रममा दुइ दिनको अवधिमा १० हजार भन्दा बढि दर्शकले बढिले सहभागीता जनाउने आयोजकको अपेक्षा छ ।
प््राकृतीक सौन्दर्यताले भरिपूर्ण र झिनुवा धानको कारणले प्रख्यात बुढागाउँ ३ दिङदुङ रोल्पामा हुन लागेको कार्यक्रमलाइ सबैले महत्वको साथ हेरेका छन् ।