Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

कतारबाट फर्किएर गाउँमै यसरी १ लाख कमाउन थालेका छन् मनबहादुर

२०७४, २६ मंसिर मंगलवार ०७:३४

मङ्सिर २६, बेनी, म्याग्दी (रासस) | आफ्नो गाउँघर र स्वदेशमा कुनै सम्भावना नै नदेख्ने र वैदेशिक रोजगारीका लागि विदेश जान मरिहत्ते गर्ने युवाका लागि म्याग्दीको सिंगा गाउँका युवा उदाहरण बनेका छन् । 

बेनी नगरपालिका वडा नं ४ सिंगाका युवाले गाउँमा पशुपालन गरेर दूध बिक्रीबाट मात्र वार्षिक रु एक करोड कमाउन थालेपछि सिंगाको चर्चा अहिले जिल्लाभरि हुन थालेको छ । सिंगा गाउँबाट मात्रै वार्षिक करिब रु एक करोडको दूध निर्यात हुने गरेको छ । 

दूध बिक्री गरेर मासिक प्रतिव्यक्ति रु ४० हजारदेखि रु एक लाखसम्म कमाउने गरेका सिंगाका नवराज पौडेलले बताउनुभयो । 

खाडी मुलुक कतारबाट फर्किए पछि गाउँमै भैँसी खरिद गरी दूध बेच्न थालेका बेनपा–४ का मनबहादुर खत्रीले दूध बिक्रीबाट अहिले मासिक रु एक लाखभन्दा बढी कमाउन थालेको जानकारी दिनुभयो । उहाँले २०६८ सालमा रु एक लाख लगानीमा दुईवटा भैसी खरिद गरेर दूध बेच्न थाल्नुभएको हो । 

दूधबाट राम्रो आम्दानी देखेपछि केसीले अहिले छवटा भैँसी र एउटा उन्नतजातको जर्सी गाईबाट दैनिक ७० लिटर दूध बजारमा लैजाने गर्नुभएको छ । केसीमात्रै होइन गाउँका ३० जना युवाले व्यावसायिकरुपमा दूध बिक्री गरेर घरमै बसीबसी प्रतिव्यक्ति मासिक रु एक लाखभन्दा बढी कमाइ गर्दै आएका छन् । 

गाउँमा जनभावना दुग्ध सहकारी संस्था स्थापना भएपछि घर–घरमा व्यावसायिक पशुपालनका लागि प्रोत्साहित गरिएको छ । सहकारीमार्फत ३०० र किसानले व्यक्तिगतरुपमा १५० लिटर दूध बजारमा पु¥याउने गरेको सहकारीका सञ्चालक कोपीलाल पौडेलले बताउनुभयो । “एक करोड त हिसाबै देखिन्छ । योभन्दा धेरै बिक्री हुन्छ”, पौडेलले भन्नुभयो । बजारमा प्रतिलिटर रु ८५ सम्म बिक्री हुने भए पनि किसानले भने रु ६५ प्रतिलिटरमा सहकारीलाई दूध बेच्दै आएका छन् । 

गाउँबाट एउटै किसानले दैनिक ५५ लिटरसम्म दूध बेच्ने गरेका छन् भने करिब ४२ घरमा व्यावसायिकरुपमा गाईभैँसी पालिएको छ । पशु सेवा कार्यालयबाट नमूना सहकारीको पुरस्कारसमेत प्राप्त गरेको सहकारीले संकलन गरेको दूध बजार लैजान कर्मचारीसमेत परिचालन गरेको छ । सहकारीमार्फत दूध बेच्ने किसानका नाममा सहकारीकै खातामा पैसा जम्मा गर्ने व्यवस्था मिलाइएको छ । सहकारीले लगानीसमेत गर्ने भएकाले पनि किसान सहकारीको अभियानमा आकर्षित भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित