१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

कतारबाट फर्किएर गाउँमै यसरी १ लाख कमाउन थालेका छन् मनबहादुर

२६ मंसिर २०७४, मंगलवार ०७:३४

मङ्सिर २६, बेनी, म्याग्दी (रासस) | आफ्नो गाउँघर र स्वदेशमा कुनै सम्भावना नै नदेख्ने र वैदेशिक रोजगारीका लागि विदेश जान मरिहत्ते गर्ने युवाका लागि म्याग्दीको सिंगा गाउँका युवा उदाहरण बनेका छन् । 

बेनी नगरपालिका वडा नं ४ सिंगाका युवाले गाउँमा पशुपालन गरेर दूध बिक्रीबाट मात्र वार्षिक रु एक करोड कमाउन थालेपछि सिंगाको चर्चा अहिले जिल्लाभरि हुन थालेको छ । सिंगा गाउँबाट मात्रै वार्षिक करिब रु एक करोडको दूध निर्यात हुने गरेको छ । 

दूध बिक्री गरेर मासिक प्रतिव्यक्ति रु ४० हजारदेखि रु एक लाखसम्म कमाउने गरेका सिंगाका नवराज पौडेलले बताउनुभयो । 

खाडी मुलुक कतारबाट फर्किए पछि गाउँमै भैँसी खरिद गरी दूध बेच्न थालेका बेनपा–४ का मनबहादुर खत्रीले दूध बिक्रीबाट अहिले मासिक रु एक लाखभन्दा बढी कमाउन थालेको जानकारी दिनुभयो । उहाँले २०६८ सालमा रु एक लाख लगानीमा दुईवटा भैसी खरिद गरेर दूध बेच्न थाल्नुभएको हो । 

दूधबाट राम्रो आम्दानी देखेपछि केसीले अहिले छवटा भैँसी र एउटा उन्नतजातको जर्सी गाईबाट दैनिक ७० लिटर दूध बजारमा लैजाने गर्नुभएको छ । केसीमात्रै होइन गाउँका ३० जना युवाले व्यावसायिकरुपमा दूध बिक्री गरेर घरमै बसीबसी प्रतिव्यक्ति मासिक रु एक लाखभन्दा बढी कमाइ गर्दै आएका छन् । 

गाउँमा जनभावना दुग्ध सहकारी संस्था स्थापना भएपछि घर–घरमा व्यावसायिक पशुपालनका लागि प्रोत्साहित गरिएको छ । सहकारीमार्फत ३०० र किसानले व्यक्तिगतरुपमा १५० लिटर दूध बजारमा पु¥याउने गरेको सहकारीका सञ्चालक कोपीलाल पौडेलले बताउनुभयो । “एक करोड त हिसाबै देखिन्छ । योभन्दा धेरै बिक्री हुन्छ”, पौडेलले भन्नुभयो । बजारमा प्रतिलिटर रु ८५ सम्म बिक्री हुने भए पनि किसानले भने रु ६५ प्रतिलिटरमा सहकारीलाई दूध बेच्दै आएका छन् । 

गाउँबाट एउटै किसानले दैनिक ५५ लिटरसम्म दूध बेच्ने गरेका छन् भने करिब ४२ घरमा व्यावसायिकरुपमा गाईभैँसी पालिएको छ । पशु सेवा कार्यालयबाट नमूना सहकारीको पुरस्कारसमेत प्राप्त गरेको सहकारीले संकलन गरेको दूध बजार लैजान कर्मचारीसमेत परिचालन गरेको छ । सहकारीमार्फत दूध बेच्ने किसानका नाममा सहकारीकै खातामा पैसा जम्मा गर्ने व्यवस्था मिलाइएको छ । सहकारीले लगानीसमेत गर्ने भएकाले पनि किसान सहकारीको अभियानमा आकर्षित भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ