२० माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

मेलाको समय नजीकिदै गर्दा प्रचारप्रशार तिब्र

१२ आश्विन २०७२, मंगलवार ०४:५९

शँकर के सी, असोज १२, रोल्पा / रोल्पा लिङदुङमा हुने दशैविशेष वृहत सांस्कृतीक मेलाको समय नजीकिदै गर्दा आयोजक कमिटीले प्रचारप्रशारको कामलाइ तीब्रता दिएको छ ।

photo rolpa

सयपत्री युवा क्लव बुढागाउँ ३ को आयोजनामा हुन लागेको मेलाको बारेमा जानकारि गराउनका लागी रोल्पाको नेर्पा बजार, लिङदुङ बजार, कोइला लगाएत विभिन्न ठाउँ र गाउँगाउँ सम्म फ्ल्यास व्यानर तथा पम्पलेट टाँस गरिएको प्रचारप्रशार संयोजक शंकर केसीले जानकारि दिनुभएको छ ।
photo rolpa1
यहि आउँदो असोज २८ र २९ दुइदिन हुने सांस्कृतीक मेलाको लागी प्रायोजन संकलन र अन्य विभिन्न काम पनि भइरहेको मेला संयोजक अर्जुन ओलिले जनाउनुभयो ।

झिनुवा धान खेतीले प्रख्यात मानिएको तथा प्राकृतीक रुपमा अन्यन्तै रमणिय र मनोमोहक ठाउँ लिङदुङमा हुने सांस्कृतीक मेलाबाट खर्च कटाइ बचेको रकम त्यस क्षेत्रमा सामाजीक कामको लागी खर्च गरिने मेला व्यवस्थापक सन्तोष जिएमले जनाउनुभयो ।

दुइ दिनको कार्यक्रमका लागी केन्द्रीय तथा स्थानीय कलाकारहरुको पनि टुंगो लागीसकेको छ । जस अनुसार कार्यक्रमको पहिलो दिन २८ गते लोक दोहोरि गायक पशुपती शर्मा, तुल्सी घर्ती लगाएतका कलाकार र दोश्रो दिन २९ गते लोक दोहोरी गायक खुमन अधिकारी, गायीका तथा मोडल ज्योती मगरले आफ्नो प्रस्तुती राख्ने कार्यक्रम छ ।

यस्तै गायीकाहरु पवित्रा घर्ती, खुमा थापा, सम्झना मगर, नृतांगना लक्ष्मी वोहोरा लगाएत एक दर्जन बढि कलाकारले पनि कार्यक्रम देखाउने सांस्कृतीक संयोजक प्रेम विवस घर्तीले जनाउनुभयो ।।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा