२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

नेपाल पत्रकार महासघं रोल्पाले १० औ स्थापना दिवस आज भब्यताका साथ मनाउदै

१६ मंसिर २०७२, बुधबार ०२:३३

जीवन डाँगी/मङ्सिर १६, रोल्पा । नेपाल पत्रकार महासंघ रोल्पाले आफ्नो १० औ स्थापना दिवसको अवसरमा आज एक भब्य कार्यक्रमको आयोजना गरेको छ ।

नेपाल पत्रकार महासंघ रोल्पाकी सचिब ईश्वरी जी.एम.का अनुसार बिहान १०:३० बजे लिबाङ टुडिखेलबाट ¥याली सुरु गरी नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष डा. महेन्द्र बिष्टद्धारा महासंघको नवनिर्मित भवनलाई उद्घाटन गरेर रोल्पा उद्योग वाणिज्य संघको हलमा औपचारिक कार्यक्रम सुरु हुनेछ ।

कार्यक्रममा महासंघको १ दशक नामक पुस्तकको विमोचन गरीनुका साथै नेपाल पत्रकार महासंघ रोल्पाका १६ जना संस्थापक साधारण सदस्य तथा कार्यसमितिलाई सम्मान गर्ने कार्यक्रमम समेत रहेको बताईएको छ ।

२०६१ साल पौष १४ गते गठन गरिएको नेपाल पत्रकार महासंघ रोल्पालाई महासंघ केन्द्रको २०६२ मंसिर १५ र १६ गते बसेको बैठकले मान्यता दिएपछि रोल्पा शाखाले मंसिर १६ गतेलाई नै स्थापना दिवसको रुपमा मनाउदै आएको छ ।

यसैगरी महासंघको १ दशकको सन्दर्भमा मंगलबार लिबाङ टुडिखेलमा आयोजना गरिएको मैत्रीपुर्ण फुटबल प्रतियोगितामा राजनैती दल÷कर्मचारीको टोलीले पत्रकार/साहित्यकारको टोलीलाई १ को बिरुद्ध ३ गोलले हराएका थिए ।

रोल्पाका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले उद्घाटन गर्नुभएको मैत्रीपुर्ण फुटबल प्रतियोगितामा दर्शकहरुको उल्लेखनिय सहभागिता रहेको थियो । विजेता समुहलाई आजको कार्यक्रममा पुरस्कार तथा प्रमाणपत्र दिईने आयोजकले जनाएको छ ।

महासंघ १ दशक पुगेको अवसरमा हिजो बेलुकी नेपाल पत्रकार महासंघको नवनिर्मित भवन र जिल्लाका सबै सञ्चारमाध्ययमहरुमा सञ्चारकर्मीहरुको टोलीले दिप प्रज्वलन समेत गरेको थियो ।

महासंघको आज हुने कार्यक्रमलाई भब्य बनाउनका लागि जिल्ला स्थित सबै राजनैतिक दल, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज, पत्रकार लगायत सबैलाई उपस्थित भईदिन महासंघकी सचिब ईश्वरी जी.एम.ले सबैमा अनुरोध समेत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ