२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सोलुखुम्बुमा १२ जनाको जमानत जफत

२०७४, २८ मंसिर बिहीबार ०८:४९

मङ्सिर २८, सोलुखुम्बु । प्रतिनिधि तथा प्रदेशसभा सदस्यका लागि सोलुखुम्बुबाट उम्मेदवार बनेकामध्ये विजेता र उपविजेताबाहेक सबैको जमानत जफत भएको छ । 

सोलुखुम्बुबाट १८ जना प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेकामा १२ जनाको जमानत जफत भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार उम्मेदवार बनेका १८ मध्ये १२ जना उम्मेदवारले निर्वाचन ऐनअनुसारको मत ल्याउन नसक्दा जमानत जफत भएको हो । 

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा–७१ को उपदफा–१ बमोजिम जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था रहेको छ । 

सो व्यवस्थाअनुसार १२ जना उम्मेदवारले मत ल्याउन नसक्दा जमानत जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सोलुखुम्बुका सहायक निर्वाचन अधिकृत मुरारी वस्तीले जानकारी दिनुभयो 

जमानत जफत हुनेमा प्रतिनिधिसभा सदस्यतर्फ पाँच, प्रदेशसभा (क)को एक स्वतन्त्रसहित चार र प्रदेशसभा (ख)को तीन गरी १२ जना उम्मेदवार रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सोलुखुम्बुले जनाएको छ । 

एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुमा तीनै ठाउँ वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् भने निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेस रहेको छ । 

प्रतिनिधिसभामा वाम गठबन्धनबाट माओवादी केन्द्र, नेपाली काँग्रेस, नयाँ शक्ति पार्टी, संघीय समाजवादी फोरम नेपाल, मंगोल नेशनल अर्गनाइजेशन, नेमकिपा र राजपाका उम्मेदवार थिए भने प्रदेश सभा (क)मा वाम गठबन्धबाट नेकपा (एमाले), नेपाली काँग्रेस, नयाँ शक्ति पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपालसहित एक स्वतन्त्र उम्मेदवारले चुनावमा भाग लिएका थिए । 

यस्तै प्रदेशसभा (ख)मा वाम गठबन्धनबाट नेकपा (एमाले), नेपाली काँग्रेस, नयाँ शक्ति पार्टी नेपाल, संघीय समाजवादी फोरम र राजपाका उम्मेदवारले भाग लिएका थिए । ६९ हजार ४११ कूल मतदाता रहेको सोलुखुम्बुमा जम्मा ४१ हजार ४५१ मत खसेको थियो । खसेको जम्मा मतमध्ये प्रनितिधिसभा प्रत्यक्षतर्फ एक हजार ८८६ समानुपातिकतर्फ चार हजार ६४९ मत बदर भएको सहायक निर्वाचन अधिकृत वस्तीले जानकारी दिनुभयो । 

यस्तै प्रदेशसभा (क)मा ३७ हजार १५९ मतदातामध्ये २१ हजार ९५९ मत खसेको थियो भने प्रत्यक्षतर्फ ८४७ र प्रदेशसभा (ख)मा ३२ हजार २५२ मतदातामध्ये १९ हजार ४९२ मत खस्दा ७४३ मत बदर भएको छ । 

यस्तै समानुपातिकतर्फ दुवै क्षेत्रका गरी ६ हजार ७६३ मत बदर भएको सहायक निर्वाचन अधिकृत वस्तीले बताउनुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह