2026-09-19 07:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

विद्यालयमा हाजिर गर्न नदिँदा शिक्षकहरु अलपत्र

मंसिर २८, बझाङ । जिल्ला शिक्षा कार्यालय बझाङबाट शिक्षक नरेन्द्रबहादुर दौल्याललाई दौलीचौर माविमा खटाएको  पाँच महिना भयो । तर दरबन्दी भएको पाँच महिनामा पनि त्यहाँको विद्यालयले पढाउन नदिएपछि दौल्याल अलपत्र परेका हुन ।

 राहात अनुदान कोटाको निमावि तहको अंग्रेजी शिक्षक रहेका दौल्याललाई जिल्ला शिक्षा कार्यालयले साउनको २५ गते दौलीचौरमा पठाएको थियो ।

तर दौलीचौर मावि विद्यालय प्रशासन सहित विद्यालय व्यवस्थापन समितिले रिक्त रहेको विद्यालयको निमावि शिक्षक कोटामा स्थानीय व्यक्ति नै भर्ना गर्न पाउनुपर्ने र जिल्लाबाट पठाएको शिक्षकलाई हाजिर गर्न नदिने भनेपछि दौल्याल अलपत्र परेका हुन ।

‘सुर्मा गाउँपालिको दौलीचौर माविमा पढाउन नदिएपछि शिक्षा कार्यालयले मलाई स्थानीय घोगडा निमाविमा पढाउन  परिपत्र गर्यो’ शिक्षक नरेन्द्रले भन्नुभयो ‘त्यहाँ पनि उनीहरुकै समुहबाट हाजिर गर्न नदिएपछि त्यहाँबाट पनि लखेटिनु पर्यो ।’

दुर्गाथली गाउँपालिका घर भएका शिक्षक नरेन्द्रबहादुर दौल्यालले जिल्ला शिक्षाबाट भएको परिपत्रलाई बेवास्था गर्दै विद्यालय व्यवस्थापन समितिबाट आफ्नो अपमान गरेको गुनासो गरेका छन । 

‘शिक्षक सिकाईमा म अयोग्य भए अर्को शिक्षक माग गर्नु स्वभाविक हो’ उहाँले भन्नुभयोे ‘तर रिक्त रहेको दरबन्दीमा जिल्लाले शिक्षक पठाउँदा पनि काम गर्न नदिनु व्यवस्थापन समितिको दादागिरी हो ।’

स्थानीय तह कार्यान्वयन आएपछि शिक्षाकको तलब गाउँपालिकाबाटै वितरण हुने गरेको छ । नरेन्द्रको तलब पनि सुर्मा गाउँपालिकाको खातामा गएको हुँदा गाउँपालिकाले पनि आफ्नो तलब अहिलेसम्म नदिएको नरेन्द्रले बताउनुभयो ।

 जिल्ला शिक्षा कार्यालयले पठाएका शिक्षकलाई विद्यालयमा हाजिर गर्न नदिने र रिक्त रहेको दरबन्दीमा विद्यालय व्यवस्थापन समितिको आफ्ना मान्छे राख्ने प्रवृतिका कारण समस्या आएको जिल्ला शिक्षा कार्यालयका एक कर्मचारीले बताए ।

जिल्ला शिक्षा कार्यालयका अनुसार नरेन्द्र जस्तै अन्य तीन जना शिक्षकहरुको पनि उस्तै अवस्था छ । नवादेउ निमावि ग्वानीमा पठाएका शिक्षक बलबहादुर खड्का र तपोवन प्रावि सुनिकोटमा खटाएकी शिक्षिका तुला जोशी पनि शिक्षा कार्यालयले खटाएको विद्यालयमा अध्यापन गर्न जाँदा व्यवस्थापन समितिले हाजिर गर्न नदिएर अलपत्र परेका छन् ।

यसरी जिल्ला शिक्षा कार्यालयले राजनैतिक ब्यावस्थापन मिलाउन नसक्दा  यस्तो भएको त्यहाँका स्थानिय बासी हरुको भनाई रहेको छ । टेकेन्द्र बोहराको सहयोग्मा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई