२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुर्खेतमा किशोरी आमाहरु बढ्दै जान थालेपछि ….

२०७४, २९ मंसिर शुक्रबार ०३:२६

लक्ष्मी भण्डारी | मङ्सिर २९, सुर्खेत (रासस) | सुर्खेतमा किशोरी आमाको संख्या बढ्दै गइरहेको पाइएको छ । बालविवाहका कारण किशोरी आमाको ज्यान जोखिममा पर्ने गरेको छ । उमेर नपुग्दै विवाह गर्नाले बच्चा जन्माउने क्रममा विभिन्न स्वास्थ्य समस्या आउने भएपछि किशोरी आमाको ज्यान जोखिममा परेको हो । 

वर्षेनी २० वर्षमुनिका किशोरी प्रसूति हुन स्वास्थ्य संस्थामा आउनेको संख्या बढ्दो क्रममा रहेको देखिएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकमा देखिएको छ । वर्षेनी तीन हजारभन्दा बढी किशोरी आमा बनेको कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ । 

कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३/७४ मा नौ हजार ६७९ जनाले विभिन्न स्वास्थ्य संस्थाबाट प्रसूति सेवा लिएका थिए, जसमध्ये तीन हजार २९ किशोरी रहेका छन् । 

त्यसैगरी, आव २०७२/७३ मा पनि झण्डै तीन हजार किशोरी प्रसूति हुन स्वास्थ्य संस्थामा आएका थिए । कार्यालयको तथ्यांकअनुसार दुई हजार ८५१ ले प्रसूति सेवा लिएका थिए । 

बढ्दो बालविवाहका कारण आमा बन्ने महिलाको संख्यामा वृद्धि भएको छ, जसका कारण आमाको ज्यान जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालय, सुर्खेतका सूचना अधिकृत वसन्तमान श्रेष्ठले जानकारी दिनुभयो । 

“कम उमेरमा विवाह गर्ने र चाँडै आमा बन्ने हुँदा किशोरीको ज्यान जोखिममा रहेको छ”, सूचना अधिकारी श्रेष्ठ भन्नुहुन्छ, “जसका कारण यस्ता किशोरी घरेलु हिंसाको शिकार हुन बाध्य भएका छन् ।” 

त्यसैगरी, गर्भवती जाँच गर्न आउने किशोरीको संख्या पनि उत्तिकै रहेको छ । आव २०७३÷७४ मा चारपटक गर्भ जाँच गर्नेको संख्या छ हजार ७५६ रहेकामा चार हजार ७६९ जना २० वर्ष मुनिका रहेका छन् । 

यस्तै, ‘आव २०७२/७३ मा आठ हजार ५६७ ले पहिलोपटक गर्भ जाँच गराएकामा झण्डै तीन हजारजना २० वर्ष मुनिका रहेका छन् । 

गर्भवती किशोरी जाँच गर्न कमै आउने गरेको सूचना अधिकारी श्रेष्ठ बताउनुहुन्छ । लाजका कारण पनि किशोरी गर्भ जाँच गर्न नआउने कारणले उनीहरुको स्वास्थ्यमा जोखिम हुने श्रेष्ठले बताउनुभयो । यसले गर्दा किशोरीको प्रसूति अवस्थामा विभिन्न जटिलता आउने गरेको श्रेष्ठको भनाइ थियो । यसले जिल्लामा बालविवाह गर्नेको संख्या पनि ठूलो रहेको देखाउँछ । 

बालविवाह अन्त्यका लागि विगत लामो समयदेखि जिल्लामा विभिन्न कार्यक्रम भइरहेका छन् । तर, पनि बालविवाहमा कमी आउन सकेको छैन । सरकारी तथा गैरसरकारी निकायबाट पनि बालविवाहविरुद्धका अभियान सञ्चालन भइरहेका छन् । बालविवाहविरुद्ध काम गर्ने संघसंस्थाले बालविवाह न्यूनीकरण भएको दाबी गरिरहे पनि अवस्था उस्तै रहेको अस्पतालको तथ्यांकबाट प्रष्ट हुन आउँछ । 

जिल्लामा उपचार गरिएका जटिल प्रकारका उपचार गराउनेमध्ये अधिकांश २० वर्ष नपुग्दै बच्चा जन्माउने किशोरी आमा रहेका छन् । कार्यालयका अनुसार कम उमेरमा बच्चा जन्माउँदा जिल्लामा शिशु मृत्युदरसमेत बढेको छ । कम उमेरमा विवाह गरेर किशोरी आमा बन्नुमा अन्धविश्वास र सामाजिक परम्परा प्रमुख कारण रहेको सूचना अधिकारी श्रेष्ठको भनाइ थियो । 

सामाजिक संस्कार तथा मूल्य मान्यताका कारण यसमा प्रत्यक्ष असर परेको उनी बताउँछन् । यस्तो गलत संस्कारको अन्त्यका लागि जनचेतनाको आवश्यकता रहेको महिला अधिकारकर्मी संगीता वलीको भनाइ छ । 

परिवार नियोजनका अस्थायी साधनबारे राम्रो जानकारी नहुँदा पनि कम उमेरमै बच्चा जन्माउने गरेको पाइएको उहाँको भनाइ छ । 

बालविवाहको कारण अन्य पारिवारिक जिम्मेवारी बढ्ने, मानसिक तनाव बढ्ने, स्वतन्त्रताको कमी हुनेजस्ता सामाजिक बन्धनले गर्दा यस्ता किशोरीमा डिप्रेसन (मानसिक चिन्ता) हुन सक्ने तथा किशोरावस्थामा नै गर्भवती हुनुपरेमा गर्भको जटिलता बढी हुने चिकित्सक बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी