2026-09-14 02:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रुपन्देहीमा समानुपातिकतर्फ काँग्रेस पहिलो

मङ्सिर २९, लुम्बिनी । रुपन्देहीमा सम्पन्न समानुपातिकअन्तर्गतको मतगणनाअनुसार नेपाली काँग्रेस प्रथम भएको छ । 

मंसिर २१ गते भएको दोस्रो चरणको निर्वाचनअन्तर्गत प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना सार्वजनिक गरिँदा प्रतिनिधिसभाअन्तर्गतको समानुपातिकमा काँग्रेस प्रथम भएको छ भने प्रदेशसभामा एमाले प्रथम भएको छ । 

प्रत्यक्षतर्फ प्रतिनिधिसभामा एक सिट पछाडि रहेको काँग्रेस अन्तिम मतपरिणामअनुसार समानुपातिकमा भने पहिलो बनेको छ । जिल्लामा रहेका पाँच निर्वाचन क्षेत्रमध्ये दुई निर्वाचन क्षेत्रमा जित निकालेको थियो । तीन सिट जितेको नेकपा (एमाले) दोस्रो स्थानमा छ । संघीय समाजवादी फोरमले तेस्रो स्थान सुरक्षित गरेको हो । 

नेपाली काँग्रेसले एक लाख १५ हजार ३२९ मत प्राप्त गर्दै पहिलो बनेको छ । दोस्रो बनेको एमालेले एक लाख १३ हजार ५८५ मत प्राप्त गरेको छ । त्यस्तै, तेस्रो संघीय समाजवादी फोरमले ३७ हजार २९७, राजपाले २० हजार ५८३, माओवादी केन्द्रले १८ हजार २९४ मत प्राप्त गरेको रुपन्देहीका मुख्य निर्वाचन अधिकृत नरेश्वर भण्डारीले जानकारी दिनुभयो । 

त्यस्तै, प्रदेशसभातर्फ पहिलो बनेको एमालेले एक लाख पाँच हजार ७३१ मत प्राप्त गरेको छ । दोस्रो हुँदै काँग्रेसले एक लाख तीन हजार ६९ मत प्राप्त गरेको छ भने तेस्रो संघीय समाजवादी फोरमले ३४ हजार ७० मत प्राप्त गरेको छ । 

माओवादी केन्द्रले २० हजार ५०६, राष्ट्रिय जनता पार्टी नेपालले १७ हजार ७५९, राष्ट्रिय जनमुक्ति पार्टीले १२ हजार ६६२, राप्रपा प्रजातान्त्रिकले सात हजार ९४२ मत पाएको छ । 

रुपन्देहीमा प्रतिनिधिसभामा ४९ र प्रदेशसभामा २७ राजनीतिक दलहरुले उम्मेदवारी दिएका थिए । रुपन्देहीमा प्रतिनिधिसभातर्फ पाँच र प्रदेशसभाका लागि १० निर्वाचन क्षेत्र रहेका थिए । रुपन्देही प्रतिनिधिसभा क्षेत्र नं १, २ र ३ मा एमाले, क्षेत्र नं ४ र ५ का काँग्रेसले जितेको थियो । 

२२ हजार मत बदर, मतदाता शिक्षामा ९१ लाख खर्च 

रुपन्देहीलाइ पूर्ण साक्षर जिल्ला घोषणा गरिए पनि यहाँ २२ हजार मत बदर भएको छ । मंसिर २१ गते सम्पन्न दोस्रो चरणको निर्वाचनमा जिल्लाभरको तथ्यांक हेर्दा २२ हजार १९ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ । 

रुपन्देहीमा मतदाता शिक्षाका लागि रु ९१ लाख १९ हजार ५०० खर्च भएको थियो । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा निर्वाचन आयोगले देशभर मतदाता शिक्षाका लागि अर्बौं खर्च गरे तापनि खर्चअनुरुपको मतदाता शिक्षा प्रभावकारी देखिन सकेन ।

मतदाता शिक्षा प्रदान गर्न जाने शिक्षकले राम्रोसँग मतदाता शिक्षा दिन नसक्दा मतदाता शिक्षाका लागि खर्चिएको रकम बालुवामा पानी हाले जस्तै भएको छ । रासस

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ