२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

विराटनगरमा बाल अस्पताल सञ्चालनमा

२९ मंसिर २०७४, शुक्रबार ०८:४०

मङ्सिर २९, विराटनगर । विराटनगरमा तुलसा मदर एण्ड चाइल्ड अस्पताल आजदेखि सञ्चालनमा आएको छ । 

विराटनगर–९ स्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालिको विस्तारित शाखाअन्तर्गत उक्त अस्पताल सञ्चालनमा ल्याएको हो । 

विराटनगर–९ स्थित पुस्तेनी १४ कठ्ठा जग्गामा रु सात करोडको लागतमा उक्त अस्पताल निर्माण गरिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

अस्पतालका प्रवन्ध निर्देशक राजेश भट्टराईले आज यहाँ पत्रकार सम्मेलनमा अस्पताल विधिवत् रुपमा सञ्चालनमा आएको जनाउनुभयो । 

भूकम्प प्रतिरोधात्मक भवनमा सञ्चालन भएको उक्त अस्पताल ५५ श्ययाको रहेको अस्पतालका प्रबन्ध निर्देशक वीरेन्द्रकुमार विष्टले बताउनुभयो । 

मातृशिशु स्वास्थ्यमा थप उपचार पु¥याउने उद्देश्यले अस्पतालमा २४ घन्टा आकस्मिक, प्याथोलोजी, भ्यान्टिलेटर, शल्यक्रिया, प्रसूति, टेस्टटुयुब बेबी सेवा तथा खोप तथा मातृशिशुलगायतका सेवा सञ्चालनमा रहेको निर्देशक विष्टले जानकारी गराउनुभयो । 

सत्र वर्षदेखि विराटनगरमा न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलले सेवा पु¥याउँदै आएको छ । पूर्वाञ्चलकै प्रमुख अस्पतालको रुपमा रहेको सो अस्पतालले बालबालिका तथा प्रसूतिका लागि थप सेवा पु¥याउन सेवा विस्तार गरी उक्त बाल अस्पताल सञ्चालनमा ल्याएको हो । 

लामो समयदेखि विराटनगरमा सञ्चालनमा आएको कार्डियो अस्पतालमा भारतको बिहार र बंगालबाट २० प्रतिशतभन्दा बढी बिरामी उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली