Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

विराटनगरमा बाल अस्पताल सञ्चालनमा

२०७४, २९ मंसिर शुक्रबार ०८:४०

मङ्सिर २९, विराटनगर । विराटनगरमा तुलसा मदर एण्ड चाइल्ड अस्पताल आजदेखि सञ्चालनमा आएको छ । 

विराटनगर–९ स्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालिको विस्तारित शाखाअन्तर्गत उक्त अस्पताल सञ्चालनमा ल्याएको हो । 

विराटनगर–९ स्थित पुस्तेनी १४ कठ्ठा जग्गामा रु सात करोडको लागतमा उक्त अस्पताल निर्माण गरिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

अस्पतालका प्रवन्ध निर्देशक राजेश भट्टराईले आज यहाँ पत्रकार सम्मेलनमा अस्पताल विधिवत् रुपमा सञ्चालनमा आएको जनाउनुभयो । 

भूकम्प प्रतिरोधात्मक भवनमा सञ्चालन भएको उक्त अस्पताल ५५ श्ययाको रहेको अस्पतालका प्रबन्ध निर्देशक वीरेन्द्रकुमार विष्टले बताउनुभयो । 

मातृशिशु स्वास्थ्यमा थप उपचार पु¥याउने उद्देश्यले अस्पतालमा २४ घन्टा आकस्मिक, प्याथोलोजी, भ्यान्टिलेटर, शल्यक्रिया, प्रसूति, टेस्टटुयुब बेबी सेवा तथा खोप तथा मातृशिशुलगायतका सेवा सञ्चालनमा रहेको निर्देशक विष्टले जानकारी गराउनुभयो । 

सत्र वर्षदेखि विराटनगरमा न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलले सेवा पु¥याउँदै आएको छ । पूर्वाञ्चलकै प्रमुख अस्पतालको रुपमा रहेको सो अस्पतालले बालबालिका तथा प्रसूतिका लागि थप सेवा पु¥याउन सेवा विस्तार गरी उक्त बाल अस्पताल सञ्चालनमा ल्याएको हो । 

लामो समयदेखि विराटनगरमा सञ्चालनमा आएको कार्डियो अस्पतालमा भारतको बिहार र बंगालबाट २० प्रतिशतभन्दा बढी बिरामी उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ