६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मधेशीले जिताएका पहाडी र पहाडीले जिताएका मधेशी अनुहार

२९ मंसिर २०७४, शुक्रबार ०८:५५

मंसिर २९,काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा तराई मधेशमा तुलनात्मक रुपमा मधेश केन्द्रित दल बलियो देखिए पनि ती क्षेत्रमा विजयी उम्मेदवार मधेशी र पहाडी दुवै मूलका पाइन्छन् ।

मत परिणाम हेर्दा भित्री मधेशमा समेत कतिपय पहाडी मूलका उम्मदेवारले राम्रै स्थान पाएका छन् भने पहाडी मतदाता बढी मानिने कतिपय क्षेत्रमा मधेशी मूलका उम्मेदवार विजयी भएका छन् ।

मध्यतराई र आसपासका क्षेत्रमा विगतमा चलाइएको मधेश आन्दोलनको प्रभाव रहे पनि जनताले जातीयता र क्षेत्रीयताका आधारमाा नभई राजनीतिक दल, उम्मेदवार, संगठन, लोकप्रियता र मुद्दाका आधारमा मताधिकार प्रयोग गरेको देखिएको छ ।

यही मंसिर २१ गते भएको निर्वाचनमा मोरङ क्षेत्र नं १, २ र ३ मा क्रमशः एमालेका घनश्याम खतिवडा, २ मा नेपाली काँग्रेसका डा मीनेन्द्रप्रसाद रिजाल र एमालेकै भानुभक्त ढकाल मधेशी समुदायको मतसहितले प्रतिनिधिसभामा विजयी भएका छन् ।

भित्री मधेश मानिने सिरहा क्षेत्र नं ३ मा एमालेका लीलानाथ श्रेष्ठले मधेशी जनाधिकार फोरमका अशेश्वर यादवलाई र सिरहा १ मा काँग्रेसका प्रदीप गिरीले वाम गठबन्धनका गंगाप्रसाद यादवलाई पराजित गरेका छन् ।

महोत्तरी १ मा नेकपा (माओवादी केन्द्र)का गिरिराजमणि पोखरेलले संघीय समाजवादी फोरमका लक्ष्मी महतो र सोही जिल्लाका क्षेत्र नं २ मा राजपाका शरत्सिंह भण्डारीले कांग्रेसका किरण यादवलाई पराजित गरेको अर्काे रोचक उदाहरण पनि छ ।

सर्लाही १ मा राजपाका प्रमोद साह, धनुषा ४ मा एमालेका रघुवीर महासेठ र सर्लाही ४ मा फोरमका राकेशकुमार साह पहाडी मतदाता बढी भएका क्षेत्रबाट जित्ने मधेशी अनुहार हुन् ।

विगतमा मधेश आन्दोलनमा लागेका र एमालेका कारण आफूहरुको संविधान संशोधनको माग पूरा नभएको आवाज उठाउँदै आएका नेता हृदयेश त्रिपाठीले एमालेको सूर्य चिह्न लिएर नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ मा विजय हासिल गरेका छन् ।

प्रदेश २ कै अर्काे जिल्ला रौतहट २ मा काँग्रेसका देवप्रसाद तिमल्सिना विजयी भएका छन् ।  राजपा र फोरमको तालमेलका कारण तराई मधेसमा ती दल पहिलो भएका छन् भने एमाले, कांग्रेस र माओवादी केन्द्र पछाडि परेका छन् ।

विश्लेषक डा राजेश अहिराजले मधेशी जनताले मूलतः संविधान संशोधनका पक्षमा मत जाहेर गरेको छ तर प्रत्यक्षतर्फ प्रतिनिधिसभामा प्रदेश नं २ का कूल ३२ स्थानमा वाम गठबन्धन सात स्थानमा विजयी हुनुले जनताले मेलमिलापको सन्देश पनि एकैसाथ दिएको बताउँछन् ।

एमालेलाई मधेशविरोधी चित्रण गर्न खोजिए पनि समानुपातिकतर्फ उसले पाएको सम्मानजनक मतले पनि त्यही संकेत गरेकाले एमालेले मधेशी भावनालाई सम्बोधन गर्नुपर्ने अहिराजको भनाइ छ ।

मधेशी पत्रकार संगठनका अध्यक्ष मोहनकुमार सिंह तराई मधेशमा मधेश आन्दोलनपूर्व देखिने सामन्ती सोच वा डर, त्रासका कारण एकै जाति समूहका नेतालाई बढी विजयी गराइएको पाइए पनि मधेश आन्दोलनमा त्यहाँका पहाडी समुदायले पनि स्वामित्व लिएकाले अहिलेको परिणाम आएको बताउँछन् । “कुनै दल, उम्मेदवार वा जातिका आधारमा होइन जनताका बीचमा काम र लोकप्रियताका कारण जनादेश आएको छ । यसलाई ध्यान दिएर विजेताले काम गर्नुपर्छ”, सिहंको भनाइ छ । प्रकाश सिलवाल /रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति