2026-08-26 10:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगामा १६ जनाको जमानत जफत

पूर्णप्रसाद न्यौपाने/मङ्सिर २९, ओखलढुंगा । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि ओखलढुंगाबाट उम्मेदवार बनेकामध्ये विजेता र उपविजेता बाहेक सबैको जमानत जफत भएको छ । 

ओखलढुंगाबाट ९ दलका २१ र एक स्वतन्त्र गरि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि २२ जना उम्मेदवार बनेकोमा १६ जनाको जमानत जफत भएको हो ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार उम्मेदवार बनेका मध्ये एमाले र माओवादीको गठबन्धन र कांगे्रस सहितका दलको लोकतान्त्रीक गठबन्धनका  उम्मेदवार बाहेक अरु सबैले निर्वाचन ऐन अनुसारको मत ल्याउन नसक्दा उनिहरुको जमानत जफत भएको सहायक निर्वाचन अधिकृत तिर्थ भटराईले बताउनुभयो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७१ को उपदफा १ बमोजिम १६ जना उम्मेदवारको जमानत जफत भएको उहाँको भनाई छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७१ को उपदफा १ मा चुनावमा खसेको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ । 

ऐनमा गरिएको व्यवस्थाअनुसार प्रतिनिधिसभा सदस्यतर्फ ७ जना, प्रदेशसभा क तर्फ ५ जना र प्रदेश सभा ख तर्फ एक स्वतन्त्र सहित ४ जना गरी १६ जना उम्मेदवारको जमानत जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै नेप्से परिसूचक ३५.९२ अंकले घट्यो जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक कैलाश मानसरोवर जान हिँडेका ५० पर्यटक सम्पर्कविहीन भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ताः नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता बनाउन रवि लामिछानेको अपिल त्रिशूलीमा बाढीको सतह बढ्दोः मलेखु र गल्छीका बस्ती सुरक्षित स्थानमा सारिँदै प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन विपद् परिषद्को बैठक रसुवामा भीषण बाढीः १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर परिचालन खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’