2026-08-16 09:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

४२ परिवारले लिए रातो कार्ड

प्रकाश धौलाकोटी/ बैशाख ९, तेह्रथुम । गतवर्ष १२ र २९ बैशाखमा गएको भुकम्पबाट क्षति पुगेका जिल्लाका ४२ घर परिवारले भुकम्पबाट पुर्ण क्षति पुगेको रातो कार्ड (परिचय पत्र) लिएका छन् । भुकम्पबाट पुर्ण क्षति पुगेका र आंशिक क्षति पुगेकामध्ये घर भत्काएर आउनेलाई जिल्ला दैवी प्रकोप उद्धार समितिले पुर्ण क्षतिको प्रमाण स्वरुप रातो कार्ड र जस्तापाता खरिदकालागि प्रति परिवार नगद रु.१५ हजार रुपैयाँ उपलब्ध गराएको हो ।

तोकिएको समयावधिभित्र भुकम्पबाट क्षति भएका जोखिमयुक्त घर भत्काई पुनः निर्माण गर्ने प्रतिवद्धतासहित आएका ४२ घर परिवारलाई जस्तापाता बापतको नगदसहित रातो कार्ड वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद ज्ञवालीले जानकारी दिनुभयो । केन्द्रिय दैवी प्रकोप उद्धार समितिको निर्देशन बमोजिम बुधबार बसेको जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकले पुनः पुर्ण क्षतिको सुचीमा प्रमाणित भई घर भत्काएर आएका अन्य १६ घर परिवारलाई समेत पुर्ण क्षति भएकाको सुचीमा थप गरेको छ ।

बैठकले थप गरिएका ती १६ परिवारलाई पनि जस्तापाता वापतको रकम र रातो कार्ड दिन सिफारिस गरेको सप्रजिअ ज्ञवालीले बताए । भुकम्पबाट आंशिक क्षति पुगेका जिल्लाका दुई सय बढी परिवारले प्रतिपरिवार नगद ५ हजार रुपैयाँसम्म राहत रकम पाएका छन् । समितिको बैठकले ०७२ सालमा गएको भुकम्पबाट भएको क्षति, राहत वितरण र हाल सम्म भएका गतिविधिको समीक्षा गर्दै ०७३ मा पुनः त्यस्तो जोखिमबाट सचेत गराउन विभिन्न सचेतनामुलक कार्यक्रमहरु गर्ने निर्णय समेत गरेको छ ।

समितिको बैठकले बैशाख १२ गतेलाई भुकम्प दिवसको रुपमा मनाउने तथा सो दिन दिउँसो ११ बजे सचेतनामुलक र्यालीले सदरमुकाम म्याङलुङबजार परिक्रमा गरी मुख्य चौकमा गतवर्ष महाभुकम्प गएको समय ११ ः ५६ बजे भुकम्पबाट मृत्यु भएकाहरुप्रति श्रदान्जली अर्पण गर्दै मौनधारण गर्ने कार्यक्रम तय गरेको हो ।

दैवी प्रकोप उद्धार समितिले जिल्लामा भइरहेका आगलागीका घटनाको नियन्त्रणकालागि सबै पक्ष सक्रिय हुन आग्रह गरेको छ । समितिले दमकल नभएको लालीगुराँस नगरपालिकालाई दमकल खरिद प्रक्रिया अघि बढाउन र दमकल किनिसकेको म्याङलुङ नगरपालिकालाई २४ सैँ घण्टा स्ट्याण्ड बाई राख्न निर्देशन दिएको छ ।

केही साताअघि लालीगुराँस नगरपालिका–१०, सोल्माकी यमकुमारी मगरको गोठमा भएको आगलागीबाट ज्यान गुमाएका साढे दुई बर्षका बालक शुसान्त मगर र आगलागीमा घाइते भई उपचारको क्रममा मृत्यु भएका दुई वर्षीय मणी श्रेष्ठको अन्तिम संस्कार खर्च स्वरुप प्रति व्यक्ति ४०–४० हजार र आगलागी भएवापतको राहत रु. ५ हजार रुपैयाँ उपलब्ध गराउने समेत समतिले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रमिक धेरै रहेका मुलुकमा ‘सेल्टर हाउस’ स्थापना गर्न एनआरएनए उपाध्यक्ष खगेन्द्र न्यौपानेको आग्रह एनआरएनएमा विभाजन अन्त्य भएको घोषणा, अब नागरिकता र दोस्रो पुस्तामा केन्द्रित हुने जनताको चाहना अनुसार हामीले पार्टीलाई परिमार्जित गर्दै लैजानुपर्छ : शशांक कोइराला भ्रष्टाचारको आरोपितलाई हुल बाँधेर, बर्दी लगाएर, समिति–समितिमा गएर प्रवचन दिने छुट छैन: खगेन्द्र सुनार निर्वाचनपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली भारतको स्वतन्त्रता दिवसमा प्रधानमन्त्री बालेनको शुभकामना, नेपाल–भारत सम्बन्ध थप सुदृढ हुने विश्वास गगन थापा नै कांग्रेसका आधिकारिक सभापति, वैधानिकतामा भ्रम नपर्नुस् : विश्वप्रकाश शर्मा जेनजी विद्रोहपछि पुराना शक्ति जुर्मुराउनु र नयाँ शक्ति अल्मलिनु विडम्बनापूर्ण : बाबुराम भट्टराई विशेष महाधिवेशनको पक्षमा थिइनँ, सर्वोच्चबाट न्याय पाउने विश्वास छ : देउवा नुवाकोटमा अनियन्त्रित बसले भ्यानलाई ठक्कर दिँदा दुईको मृत्यु, तीन घाइते गाडी पार्किङ विवादमा धारिलो हतियार प्रहार हुँदा ४ जना घाइते परराष्ट्रमन्त्रीद्वारा भारतको ८०औँ स्वतन्त्रता दिवसको शुभकामना रोल्पाको कोटलबारा पहिरोमा मृत्यु हुनेको संख्या ११ पुग्यो कांग्रेसको राष्ट्रिय भेला आज पनि जारी हाम्रो युवा नेता हुन् गगन भाइ, सभापति भन्न मन लागेको छैन: कृष्ण सिटौला देउवाकै नेतृत्वमा कांग्रेस एकता सम्भव छ: प्रकाशशरण महत गगन थापाबाट कांग्रेस पार लाग्दैन, पार्टी धरासायी भयो : मोहन बस्नेत देउवाको नेतृत्वमा कांग्रेस एकढिक्का हुन्छ: रमेश लेखक कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने सेयर बजारमा ७ अंकको गिरावट