२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समानुपातिकको मत गन्न २ जिल्ला मात्र बाँकी, कांग्रेसले मतान्तर घटायो, कसको कति ?

२०७४, १ पुष शनिबार ०४:३३

पुस १, काठमाडौं । निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणना आजै सक्ने गरि गणना गरेको छ । निर्वाचन आयोगका अनुसार अब २ जिल्लाको मात्र गणना बाँकी छ । 

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले समानुपातिकतर्फको मतगणना शनिबार साँझसम्ममा गणना भईसक्ने बताएका छन् ।

आयोगका अनुसार, अहिले सुनसरी र सर्लाही जिल्लाको मतगणना भइरहेको छ । प्रदेश नम्बर २ मा कांग्रेस अग्र स्थानमा रहेका कारण कांग्रेस र एमालेको मतान्तर अझै घट्न सक्ने सम्भावना छ । 

प्रतिनिधि सभामा तेश्रो पार्टी बनेको कांग्रेस समानुपातिकमा पहिलो पार्टी एमालेकै टक्करमा छ । मत गणना जारी रहँदा कांग्रेसले एमालेसँगको मतगणना धेरै घटाएको छ । 

पछिल्लो मत परिणाम अनुसार कांग्रेस र एमाले बीच ६२ हजार १०५ को मतान्तर रहेको छ । मतगणनाका क्रममा एमाले-कांग्रेसको मतान्तर झन्डै १ लाख रहेपनि पकड क्षेत्रमा कांग्रेसले आफ्नो मत एमालेलाई टक्कर दिने गरि बढाएपछी मतान्तर घटेको हो । कांग्रेसले अहिलेसम्म ३० लाख ६८ हजार ३२४ मत ल्याउँदा एमालेले ३१ लाख ३० हजार ४२९ मत पाएको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रही अहिलेसम्म १२ लाख ७४ हजार ५४४ मत ल्याएको छ । त्यस्तै चौथो स्थानमा संघीय समाजवादी फोरम नेपालले ४ लाख ५९ हजार ५९९ मत पाएको छ ।

त्यस्तै राष्ट्रिय जनता पार्टी नेपालले ४ लाख ४७ हजार ८७९ मत पाएर पाँचौं स्थानमा छ भने थ्रेस होल्ड नकटाउने निश्चित जस्तै भएका अन्यदलहरु विवेकशील साझा पार्टीले २ लाख ११ हजार ५१४ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ९३ हजार ९५५ मत, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले ८७ हजार ५३३ मत, नयाँ शक्तिले ८० हजार ७४२ मत र राष्ट्रिय जनमोर्चाले ६२ हजार ४५ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा