२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समानुपातिकको ९३ लाखबढी मतगणना सकियो, कसको मत कति ?

२०७४, १ पुष शनिबार ०९:२४

पुस १, काठमाडौं । पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकको मतगणना अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । 

पछिल्लो विवरण अनुसार, हालसम्म ९३ लाख ७२ हजार ५४४ मतगणना सम्पन्न भएको छ भने ७७ जिल्ला मध्ये ७५ जिल्लाको मतगणना कार्य सकिएको छ । अब सुनसरीको क्षेत्र नं.  ३ तथा सर्लाहीको क्षेत्र नं. २, ३ र ४ मात्रै गन्न बाँकी रहेको छ ।

मत परिणाम अनुसार, नेकपा एमाले ३१ लाख ३३ हजार २०३ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेको छ । 

यस्तै  नेपाली काँग्रेसले ३० लाख ७१ हजार ५१२, नेकपा (माओवादी केन्द्र) ले १२ लाख ७४ हजार ८८४, संघीय समाजवादी फोरम, नेपालले ४ लाख ६० हजार ८४, राष्ट्रिय जनता पार्टी, नेपालले ४ लाख ४८ हजार ६११ मत ल्याएका छन् ।  

यस्तै  विवेकशील साझा पार्टीले २ लाख ११ हजार ५३४, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ९३ हजार ९८३, राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक) ले ८७ हजार ६०७, नयाँ शक्ति पार्टी, नेपालले ८० हजार ७४४, राष्ट्रिय जनमोर्चा ६२ हजार ४७ र अन्य दलले ३ लाख ४८ हजार ३३५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा