६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अध्यादेशमा निहुँ खोजेर काँग्रेसले सत्ता लम्ब्याउन खोज्यो: ओली

१ पुष २०७४, शनिबार ११:१८

पुस १, भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ सरकार गठनका निम्ति मार्ग प्रशस्त गर्न आग्रह गर्नुभएको छ । 

रिपोर्टर्स क्लब नेपालले आज अध्यक्ष ओली निवास बालकोटमा आयोजना गरेको साक्षात्कारमा उहाँले निर्वाचनको परिणाम आइसकेकाले अब काँग्रेसले सत्ता लम्ब्याउने प्रयास गर्न नहुने बताउनुभयो । 

राष्ट्रियसभा आफू अनुकूल बनाउन सरकारले गैर संवैधानिक अध्यादेश राष्ट्रपतिसमक्ष लगेको उल्लेख गर्दै उहाँले गैर संवैधानिक अध्यादेश पारित गर्न नहुने बताउनुभयो । 

अध्यक्ष ओलीले राष्ट्रियसभा निर्वाचन अध्यादेशमा निहुँ खोजेर काँग्रेसले सत्ता लम्ब्याउन चाहेको आरोप लगाउँदै काँग्रेसले लोकतान्त्रिक मान्यता र जनताको अभिमतलाई अवमूल्यन र अस्वीकार गर्न खोजेको छ भन्नुभयो । 

नयाँ सरकार बनाउन राष्ट्रियसभा गठन आवश्यक नरहेको प्रष्ट पार्दै उहाँले निर्वाचन आयोगले पनि कानूनअनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो । 

अध्यक्ष ओलीले आयोग संविधान र कानूनअनुसार चल्नुपर्ने बताउँदै प्रदेश प्रमुख नियुक्तिमा देउवा सरकारले कसरत गरेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । 

आफूहरुलाई सरकारमा जान कुनै हतार नभएको बताउँदै उहाँले जनमतअनुसार काँग्रेसलाई सत्ता छाड्न र प्रदेश प्रमुख नियुक्तिमा अनावश्यक कसरत नगर्न पनि आग्रह गर्नुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति