2026-09-19 03:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा ‘सुन्तला जोन कार्यक्रम’ शुरु

पुस १, नवलपरासी । नवलपरासीको पहाडी क्षेत्रमा सुन्तलाखेतीलाई प्रवद्र्धन गर्ने उद्देश्यले ‘सुन्तला जोन कार्यक्रम’ शुरु भएको छ । 

कृर्षि मन्त्रायद्वारा यस वर्षबाट नवलपरासीको (बर्दघाट सुस्ता) पूर्व क्षेत्रअन्तर्गत पहाडी क्षेत्रलाई लक्षित गरी सुन्तला खेतीलाई प्रवद्र्धन गर्न यो कार्यक्रम शुरु भएको हो । 

कार्यक्रमअन्तर्गत सुन्तलाको खेती गर्ने किसानलाई बीउबिजन अनुदान र मेसिनरी औजार अनुदानलगायतका सेवा उपलब्ध गराइने जिल्ला कृषि विकास कार्यालयका प्रमुख तेजनारायण गैरेले जानकारी दिनुभयो । 

यसैबीच नवलपरासीका पहाडी भेगका सुन्तला खेती गर्ने कृषकले यस वर्ष सुन्तलाखेतीबाट मनग्य आम्दानी गरेका छन् । प्रति बोटबाट सरदर रु एक हजारंका दरले सुन्तला बिक्री गरेको यहाँका कृषकले बताएका छन् । 

नवलपरासीको पूर्वपहाडी भेगअन्तर्गत साविक १७ गाविसमा सुन्तला खेती गरिन्छ । जसमध्ये सुन्तला खेतीका लागि बुङदीकाली र बुलिङटार क्षेत्रलाई पकेट क्षेत्रका रुपमा मानिन्छ । 

यसबाहेक जौबारी, रुचाङ धुर्कोट र विजयी त्रिवेणीलगायतका क्षेत्रमा पनि सुन्तला खेती राम्रो हुने गर्दछ । अहिले नवलपरासीको पहाडका हरेक गाउँमा कृषि सडक पुगेपछि कृषकलाई आफूले उत्पादन गरेको सुन्तला बजारसम्म ल्याउन नपर्ने र व्यापारी गाउँगाउँमा आएर सुन्तला किन्ने गरेको किसानको भनाइ छ । 

सुन्ताला बिक्री गरेवापत प्रतिकेजी करिब रु ६० देखि ७० सम्म किसानले पाउने गरेका छन् । नेपालमा प्रशस्त सुन्तला उत्पादन नहुने र मागअनुसारको उत्पादन नभएर भारतबाट समेत ल्याएर माग पूरा गर्नुपर्ने हुँदा सुन्तला बिक्रीका लागि त्यति गाह्रो नभएको किसानको भनाइ छ । 

नवलपरासीको पहाडी क्षेत्रमा उत्पादित सुन्तला नवलपरासीसहित बुटवल, पोखरालगायतका स्थानमा राम्रो बजार पाएको पाइन्छ । नवलपरासीको पहाडी क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब एक हजार घरपरिवार सुन्तला खेतीमा आश्रित छन् । 

नवलपरासीमा यस वर्ष १२० हेक्टर क्षेत्रफलमा ३५४ मेट्रिकटन सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयको तथ्यांक छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह