१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा स्वास्थ्य बिमाको पुर्ब तयारी अन्तिम चरणमा

१ पुष २०७४, शनिबार १३:१६

चिसाङ शेर्पा/पुस १, खोटाङ । खोटाङमा स्वास्थ्य बिमा कार्यक्रमको पुर्ब तयारी अन्तिम चरणमा पुगेको छ । 

नेपाल सरकार सामाजिक स्वास्थ्य सुरक्षा बिकास समितिको सहयोगमा जिल्लामा सञ्चालन हुन लागेको स्वास्थ्य बिमाको समिति गठन र अभिमुखीकरण कार्यक्रम शनिबार अन्तिम अवस्थामा पुगेको हो ।

२ नगरपालिका ८ गाउँपालिका रहेको खोटाङमा स्थानिय तह प्रमुखको संयोजकत्व र उपप्रमुखलाई आमन्त्रित सदस्य राखेर दुई नगरपालिका ६ गाउँपालिकामा समिति गठन गरिसकेको जनस्वास्थ्य निरिक्षक हिमलाल ज्ञवालीले बताउनुभयो । प्रत्येक नगर तथा पालिकामा ७ सदस्य ‘स्थानिय तह स्वास्थ्य सुरक्षा संयोजन समिति’ गठन भईसकेको छ । 

जनस्वास्थ्य निरिक्षक ज्ञवालीका अनुसार शनिबारसम्म हलेसी तुवाचुङ नगरपालिका, लामिडाडाँ गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका, केपिलासगढी गाउँपालिका, दिपु्रङ गाउँपालिका, साकेला गाउँपालिका, खोटेहाङ गाउँपालिका र रुपाकोट मझुवागढी नगरपालिकामा समिति गठन गर्दै स्वास्थ्यकर्मीहरुलाई कार्यक्रम सम्बन्धि अभिमुखीकरण दिएको छ । 

गएको मंसिर १६ गतेबाट स्वास्थ्य बिमाको काम थालेको टोलीले बाँकी दुई पालिका जन्तेढुंगा गाउँपालिका र बराहापोखरी गाउँपालिकामा पुस ४ र ५ गते सबै प्रक्रिया  सक्ने जनाएको छ । अघिल्लो दिन सरोकारवाला र दोश्रो दिन पालिकाभित्रका स्वास्थ्यकर्मीसँग अभिमुखीकरण हुनेछ । 

जिल्लाका स्थानीयवासीले वार्षिक रुपमा दुई हजार ५ सय तिरेर एकाघरको बढीमा पाँच जनाको स्वास्थ्य बीमा गर्न सक्नेछन् । बिमा गराएका परिवारले बढीमा ५० हजार बराबरको स्वास्थ्य उपचार पाउने जनाइएको छ । 

जनस्वास्थ्य सहायक अधिकृत श्रीकृष्ण प्रजापतीका अनुसार जिल्लामा वडा स्तरिय सरकोकारवाला कार्यक्रम अगामी ७ गतेभित्र सकिनेछ । त्यसपछी स्थानिय स्वास्थ्यकर्मीले वडा गाउँ तहमा अभिमुखीकरण दिनेछन् । 

उनले भने, “हामीले पुस ११ गतेभित्र दर्ता सहयोगी छनौट गरिदिन वडाध्यक्षहरुलाई अनुरोध गरेका छौ । दर्ता सहयोगी छनौट लगत्तै स्वास्थ्यकर्मीलाई तीन दिने तालिम हुनेछ त्यसपछी स्वास्थ्य बिमा सदस्यताले लिने काम शुरु हुन्छ ।”  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ