Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा पुस पाँचबाट ‘नगर सफाई अभियान’ सुरु

२०७४, १ पुष शनिबार १३:२५

चिसाङ शेर्पा/पुस १, खोटाङ । नगरपालिका पुर्ण सफाईका लागि मंसिर ५ गतेबाट सदरमुकाम दिक्तेल बजारमा ‘नगर सफाई अभियान’ उद्घाटन हुने भएको छ । नगरलाई सफा, सुन्दर र स्वच्छ बनाउने योजना साथमा नगर सफाई अभियानको सुरुवात गर्न लागिएको हो ।.

शनिबार रुपाकोट मझुवागढी नगरपालिकाको जिल्ला समन्वय समितिमा बसेको बैठक निर्णय अनुसार नगरपालिकामा रहेको पुरानो फोहोरहरुलाई नगर सफाई उद्घाटन्देखीको ७ दिनभित्र उठाई सकिने निर्णय भएको छ ।

दिक्तेल बजारभित्रका कार्यालय, संघसंस्था, होटल, पसल ईत्यादिबाट निस्किएर थन्केका पुरानाभन्दा पुराना फोहोरलाई हप्तादिनभित्र लफ्याङस्थि ल्याण्डफिल्ड साईडमा लगिन सकिने नगरप्रमुख दिपनारायण रिजालले बताउनुभयो । ल्याण्डफिल्ड साईडसम्म पुग्ने सडक बाटो समेत सफाई गरि सकिएको छ ।   

नगर सफाई अभियानले सप्ताह पुरा गरेपछी अनुगमन समितिले पुनः नगर अनुगमन गर्ने छ । 

रिजालले भने ‘अनुगमनका क्रममा कुनै पनि कार्यालय, संघसंस्थामा फोहोर भेटिएमा कार्यालय प्रमुखको कमजोरी ठह¥याउँदै फोहोरसंगै फोटो खिचेर स्थानिय पत्रिकामा प्रकाशित गरिनेछ ।’ 

नगर सफाईलाई कडाई गर्न जिल्ला समन्वय समितिका संयोजक बबि चाम्लिङको संयोजकत्वमा ५ सदस्य अनुगमन टोली गठन भएको छ । टोलीको सदस्यहरुमा नगरप्रमुख दिपनारायण रिजाल, प्रमुख जिल्ला अधिकारी एकदेब अधिकारी, पत्रकार महासंघ जिल्ला शाखा अध्यक्ष दमन राई, खोटाङ उधोग वाणिज्यसंघका अध्यक्ष राजु लयालु रहेका छन् । 

यस्तै, बैठकले बजारभित्रका सडक पेटीमा अनाधिकृत रुपमा राखेका निर्माण सामग्री, बिक्रीका लागि राखिएका खुद्रा सामान तथा बिना दर्ता चलेका टिकट काउण्टरलाई सरसफाई सप्ताहभित्र हटाउन अनुरोध गरेको छ । निर्णयको बेवास्ता गरी उक्त क्रियाकलाप भएको पाईएमा प्रहरी लगाएर जर्बजस्ती सडकपेटी खाली गरिने नगरप्रमुख रिजालले बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी