Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा २६ हजार भन्दा बढी मत बदर

२०७४, १ पुष शनिबार १३:३१

चिसाङ शेर्पा/पुस १, खोटाङ । खोटाङमा प्रत्यक्ष र समानुपातिक गरी २६ हजार बढी मत बदर भएको पाइएको छ । 

प्रत्यक्ष र समानुपातिकतर्फको निर्वाचनमा खसेको मतगणनाको नतिजाअनुसार २६ हजार ३ सय ५७ मत बदर भएको पाइएको हो । प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ चार हजार ३ सय ५५ मत बदर भएको मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेले बताए ।

 यस्तै, प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रत्यक्षतर्फ १० हजार ५४६ मत बदर भएको छ । मुख्य निर्वाचन अधिकृत घिमिरेकाअनुसार प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ ७१ हजार ३ सय ११ र प्रत्यक्षको समानुपातिकतर्फ ७१ हजार २ सय ५४ मत खसेको थियो । 

मतदाता शिक्षा प्रभावकारी नहुँदा निर्वाचनमा अनपेक्षित मात्रामा मत बदर भएको पाइएको सर्वसाधारणहरुको गुनासो छ । मतदाता शिक्षा प्रभावकारी नहुँदा परिणाम सोचेभन्दा बढि मत बदर भएको जिल्लास्थित राजनीतिक दलहरुको अनुमान रहेको छ । 

यस्तै, प्रदेशसभा (क)को प्रत्यक्षमा ३६ हजार ५ सय ५४ मत खसेको छ । जसमा ३४ हजार ७ सय ७३ मत सदर, एक हजार ७ सय ८१ बदर मत रहेको छ भने प्रदेशसभा सदस्य  (ख)मा ३४ हजार ६ सय ९८ मत खसेकोमा ३० हजार ८ सय ८२ मत सदर र एक हजार ८ सय १६ मत बदर भएको छ । 

एक लाख २५ हजार १०८ मतदाता रहेको खोटाङमा ७१ हजार ३११ मत खसेको थियो । प्रदेशसभा (क) र (ख) मा समानुपातिकतर्फ ७ हजार ८ सय ५९ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए । जिल्लामा सबैभन्दा बढी समानुपातिकतर्फ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी