२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गठबन्धनका शीर्ष नेताहरु भन्छन्- ‘अब पार्टी एकता चाँडै हुन्छ’

२०७४, १ पुष शनिबार १३:५३

पुस १, काठमाडौँ । वाम गठबन्धनका शीर्ष नेताले पार्टी एकता चाँडै हुने उद्घोष गर्नुभएको छ । 

काठमाडौँ क्षेत्र नं ५ वाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित हुनु भएका सदस्यले आज आयोजना गर्नु भएको धन्यवाद तथा चियापान समारोहमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) का शीर्ष नेताले दुई पार्टीमा निर्वाचनमा देखिएको उत्साहले पार्टी एकता चाँडै हुने उद्घोष गर्नुभयो । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब चाँडै नै पार्टी एकतालाई टुंगोमा पु¥याइने बताउनुभयो । “दुवै पार्टीले आत्मसात् र सक्रियता देखाएर जनताबाट ठूलो जनमत हामीले पाएका छौँ, यो जनअनुमोदित परिणामले पार्टी एकतालाई थप बल पुगेको छ । अव पार्टी एकतालाई अन्तिम रुप दिनुपर्दछ”–उहाँले भन्नुभयो । 

एमाले र माओवादी केन्द्रको फ्युजनबाट वाम गठबन्धनले बहुमत ल्याएको भन्दै अध्यक्ष दाहालले भन्नुभयो, “निर्वाचनको परिणामले मुलुक समाजवादको युगमा प्रवेश गरेको छ । यो देश बनाउने अवसरलाई हामीले गुमाउने दिने छैनौँ ।” उहाँले देशले झन्डै ७० वर्षपछि पाँच वर्षको लागि स्थिर सरकार पाउन लागेको चर्चा गर्दै अब बन्ने स्थिर सरकार कम्युनिष्ट राजनीतिको निम्ति देश बनाउने नयाँ युग भएको बताउनुभयो । 

पूर्वप्रधानमन्त्री दाहालले वाम गठबन्धनलाई मुलुकको राजनीतिक स्थायित्व र विकास गर्नका लागि जनमत आएको धारणा राख्नुभयो । 

कार्यक्रममा एमाले वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकता चाँडै हुने दाबी गर्नुभयो । उहाँले क्रान्ति र संघर्षको युग समाप्त भएको भन्दै मुलुक नयाँ युगमा प्रवेश गरेको बताउनु भयो । उहाँले निर्वाचनका बेला गरेका प्रतिबद्धता पूरा गर्ने भन्दै अब मुलुकमा समाजवाद निर्माण हुने धारणा राख्नु भयो । 

पूर्वप्रधानमन्त्री खनालले निर्वाचन आयोगद्वारा अन्तिम परिणाम घोषणा हुनासाथ नयाँ सरकार बन्ने ठोकुवा गर्नुभयो । वाम गठबन्धनले लोकतन्त्रलाई अझै सुदृढ बनाउने उहाँको भनाइ थियो । “निर्वाचनका बेला हामीमाथि लोकतन्त्र विरोधी भन्ने लागेको आरोप चिर्नुपर्दछ”–उहाँले भन्नुभयो, “त्यसैले लोकतन्त्रलाई अझ मजबुत बनाउन आवश्यक छ ।” 

नेता खनालले चीन र भारतसँगको सम्बन्धलाई सन्तुलनमा राखी कतै पनि नढल्किने बताउनुभयो । 

कार्यक्रममा एमाले नेता माधवकुमार नेपालले दुई पार्टी एकता गर्न विलम्ब गर्न नहुने धारणा राख्नुभयो । उहाँले जनताले वाम गठबन्धनलाई विश्वास गरेर बहुमत दिएको भन्दै अब जनमतको कदर गर्दै विलम्ब नगरी पार्टी एकता टुंगोमा पु¥याउनुपर्ने धारणा राख्नुभयो । 

वाम गठबन्धनले प्राप्त गरेको जनमतले कम्युनिष्ट पार्टी र मुलुकलाई परिवर्तनको संवाहकका रुपमा उम्भाएको उहाँको तर्क थियो । पूर्वप्रधानमन्त्री नेपालले दुई पार्टीको गठबन्धनले बहुमत आएको केन्द्रीय र प्रदेश सरकार गठन संविधानले दिएको सीमाभित्र गर्नुपर्ने भन्दै उहाँले प्रतिपक्षलाई समेत विश्वासमा लिएर काम गर्नुपर्ने धारणा राख्नुभयो । 

काठमाडौँ क्षेत्र नं ५ बाट निर्वाचित हुनु भएका एमालेका महासचिव ईश्वर पोखरेलले मुलुकले राजनीतिक स्थायित्व पाएको भन्दै अब वाम गठबन्धनले मुलुकलाई समृद्धिमा लैजाने बताउनु भयो । कार्यक्रममा उक्त निर्वाचन क्षेत्रका प्रदेश सभाका सांसद नारायण सिलवाल र दिपक निरौलासमेतको सहभागिता रहेको थियो ।  रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा