६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गठबन्धनका शीर्ष नेताहरु भन्छन्- ‘अब पार्टी एकता चाँडै हुन्छ’

१ पुष २०७४, शनिबार १३:५३

पुस १, काठमाडौँ । वाम गठबन्धनका शीर्ष नेताले पार्टी एकता चाँडै हुने उद्घोष गर्नुभएको छ । 

काठमाडौँ क्षेत्र नं ५ वाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित हुनु भएका सदस्यले आज आयोजना गर्नु भएको धन्यवाद तथा चियापान समारोहमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) का शीर्ष नेताले दुई पार्टीमा निर्वाचनमा देखिएको उत्साहले पार्टी एकता चाँडै हुने उद्घोष गर्नुभयो । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब चाँडै नै पार्टी एकतालाई टुंगोमा पु¥याइने बताउनुभयो । “दुवै पार्टीले आत्मसात् र सक्रियता देखाएर जनताबाट ठूलो जनमत हामीले पाएका छौँ, यो जनअनुमोदित परिणामले पार्टी एकतालाई थप बल पुगेको छ । अव पार्टी एकतालाई अन्तिम रुप दिनुपर्दछ”–उहाँले भन्नुभयो । 

एमाले र माओवादी केन्द्रको फ्युजनबाट वाम गठबन्धनले बहुमत ल्याएको भन्दै अध्यक्ष दाहालले भन्नुभयो, “निर्वाचनको परिणामले मुलुक समाजवादको युगमा प्रवेश गरेको छ । यो देश बनाउने अवसरलाई हामीले गुमाउने दिने छैनौँ ।” उहाँले देशले झन्डै ७० वर्षपछि पाँच वर्षको लागि स्थिर सरकार पाउन लागेको चर्चा गर्दै अब बन्ने स्थिर सरकार कम्युनिष्ट राजनीतिको निम्ति देश बनाउने नयाँ युग भएको बताउनुभयो । 

पूर्वप्रधानमन्त्री दाहालले वाम गठबन्धनलाई मुलुकको राजनीतिक स्थायित्व र विकास गर्नका लागि जनमत आएको धारणा राख्नुभयो । 

कार्यक्रममा एमाले वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकता चाँडै हुने दाबी गर्नुभयो । उहाँले क्रान्ति र संघर्षको युग समाप्त भएको भन्दै मुलुक नयाँ युगमा प्रवेश गरेको बताउनु भयो । उहाँले निर्वाचनका बेला गरेका प्रतिबद्धता पूरा गर्ने भन्दै अब मुलुकमा समाजवाद निर्माण हुने धारणा राख्नु भयो । 

पूर्वप्रधानमन्त्री खनालले निर्वाचन आयोगद्वारा अन्तिम परिणाम घोषणा हुनासाथ नयाँ सरकार बन्ने ठोकुवा गर्नुभयो । वाम गठबन्धनले लोकतन्त्रलाई अझै सुदृढ बनाउने उहाँको भनाइ थियो । “निर्वाचनका बेला हामीमाथि लोकतन्त्र विरोधी भन्ने लागेको आरोप चिर्नुपर्दछ”–उहाँले भन्नुभयो, “त्यसैले लोकतन्त्रलाई अझ मजबुत बनाउन आवश्यक छ ।” 

नेता खनालले चीन र भारतसँगको सम्बन्धलाई सन्तुलनमा राखी कतै पनि नढल्किने बताउनुभयो । 

कार्यक्रममा एमाले नेता माधवकुमार नेपालले दुई पार्टी एकता गर्न विलम्ब गर्न नहुने धारणा राख्नुभयो । उहाँले जनताले वाम गठबन्धनलाई विश्वास गरेर बहुमत दिएको भन्दै अब जनमतको कदर गर्दै विलम्ब नगरी पार्टी एकता टुंगोमा पु¥याउनुपर्ने धारणा राख्नुभयो । 

वाम गठबन्धनले प्राप्त गरेको जनमतले कम्युनिष्ट पार्टी र मुलुकलाई परिवर्तनको संवाहकका रुपमा उम्भाएको उहाँको तर्क थियो । पूर्वप्रधानमन्त्री नेपालले दुई पार्टीको गठबन्धनले बहुमत आएको केन्द्रीय र प्रदेश सरकार गठन संविधानले दिएको सीमाभित्र गर्नुपर्ने भन्दै उहाँले प्रतिपक्षलाई समेत विश्वासमा लिएर काम गर्नुपर्ने धारणा राख्नुभयो । 

काठमाडौँ क्षेत्र नं ५ बाट निर्वाचित हुनु भएका एमालेका महासचिव ईश्वर पोखरेलले मुलुकले राजनीतिक स्थायित्व पाएको भन्दै अब वाम गठबन्धनले मुलुकलाई समृद्धिमा लैजाने बताउनु भयो । कार्यक्रममा उक्त निर्वाचन क्षेत्रका प्रदेश सभाका सांसद नारायण सिलवाल र दिपक निरौलासमेतको सहभागिता रहेको थियो ।  रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति