२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् नेपाली कांग्रेसले सबैभन्दा धेरै मत पाएको जिल्लाहरु

२०७४, २ पुष आईतवार ०८:४८

पुस २, काठमाडौँ | समानुपातिक मत परिणाम अनुसार कुन जिल्लामा कुन पार्टी बलियो भन्ने आंकलन गर्ने गरिन्छ । यसैक्रममा यस पटकको निर्वाचनमा प्रत्यक्ष तर्फ तेश्रो र समग्र मत परिणाममा दोश्रो पार्टी बनेको नेपाली कांग्रेस कति जिल्लामा पहिलो बलियो पार्टीको रुपमा छ भन्ने कुरा समानुपातिक मत परिणामबाट पुष्टि हुन्छ । 

कांग्रेसले एक नम्बर प्रदेशका मोरङ, उदयपुर, संखुवासभा र सोलुखुम्बुमा पहिलो धेरै मत पाएको छ भने दुई नम्बर प्रदेशका धनुषा, रौतहट र बारा गरि ३ जिल्लामा पहिलो पार्टीको रुपमा मत पाएको छ । त्यस्तै प्रदेश नम्बर तीनको नुवाकोटबाट कांग्रेस पहिलो बनेको छ ।

त्यस्तै चार नम्बर प्रदेशका गोरखा, मनाङ, बागलुङ, नवलपुरमा पहिलो मत पाएको छ तयस्तै कांग्रेसले प्रदेश नम्बर ५ का नवलपरासी, कपिलबस्तु, दाङ, बाँके र बर्दियामा पहिलो मत पाएको छ ।

उता कांग्रेसले ६ नम्बर प्रदेशका मुगु, हुम्ला, जाजरकोट र सुर्खेतमा पहिलो मत पाएको छ भने प्रदेश नम्बर ७ का कैलाली, कन्चनपुर, दार्चुला, डोटी र डडेलधुरामा कांग्रेसले पहिलो मत पाएको छ ।

यस पटकको निर्वाचनको समानुपातिक मत परिणाम अनुसार एमाले ५० जिल्लामा र माओवादी ५ जिल्लामा, मधेसवादी दलहरु राजपा (३ जिल्ला) र फोरम (१ जिल्ला) गरि प्रदेश २ को ४ जिल्लामा पहिलो मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा