पुस २, काठमाडौँ | नेकपा एमाले र माओवादी केन्द्रले नयाँ सरकार गठनका लागि मार्गप्रसस्त गर्न सरकारसँग आग्रह गरेका छन् । दुई दलका शीर्ष नेताहरुले पत्रकार सम्मेलन गरी जनमतको अवमूल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस २, काठमाडौँ | नेकपा एमाले र माओवादी केन्द्रले नयाँ सरकार गठनका लागि मार्गप्रसस्त गर्न सरकारसँग आग्रह गरेका छन् । दुई दलका शीर्ष नेताहरुले पत्रकार सम्मेलन गरी जनमतको अवमूल"/>

६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वाम गठबन्धनको सरकारलाई आग्रह सहितको संयुक्त विज्ञप्ति यस्तो छ

२ पुष २०७४, आईतवार १२:१५

पुस २, काठमाडौँ | नेकपा एमाले र माओवादी केन्द्रले नयाँ सरकार गठनका लागि मार्गप्रसस्त गर्न सरकारसँग आग्रह गरेका छन् । दुई दलका शीर्ष नेताहरुले पत्रकार सम्मेलन गरी जनमतको अवमूल्यन नगर्न चेतावनी समेत दिएका हुन् ।

संयुक्त पत्रकार सम्मेलनपछि जारी गरेको संयुक्त प्रेस विज्ञप्ति यस्तो छ: 

प्रेस वक्तव्य

२०७४ मंसीर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) समेतका साझा वामपन्थी उम्मेद्वारहरुको पक्षमा मतदान गर्नुहुने र हामीलाई अत्याधिक वहुमतका साथ निर्वाचित गर्नुु हुने दिदिबहिनी तथा दाजुभाइहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । निर्वाचन परिचालन एवं प्रचार–प्रसारमा सक्रियतापूर्वक लाग्नुहुने वामपन्थी दलहरुका सम्पूर्ण नेता, कार्यकर्ता तथा सदस्यहरु तथा हाम्रो निर्वाचन अभियानको पक्षमा विभिन्न ढंगले सरिक  राजनीतिक दलहरु,उम्मेदवारहरु र प्रचारकहरुलाई धन्यवाद ज्ञापन गर्दछौं । जनताबाट निर्वाचित हुनुभएका प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्यहरुलाई हार्दिक वधाई दिंदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दछौं ।

त्यसैगरी आ–आफ्नो आस्था एवं विश्वासको आधारामा विभिन्न पार्टी एवं उम्मेदवारहरुको पक्षमा मतदान गरेर संविधानको कार्यान्वयन र लोकतन्त्रको सवलीकरणमा योगदान गर्नुहुने सम्पूर्ण मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्दछौं । निर्वाचनको प्रभावकारिता अभिवृद्धि गर्न योगदान गर्नुहुने सञ्चारकर्मी एवं सञ्चार माध्यमहरुप्रति धन्यवाद व्यक्त गर्दछौं । स्वतन्त्र एवं निष्पक्ष निर्वाचनका लागि भूमिका निर्वाह गर्नुहुने निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी एवं सुरक्षाकर्मीहरुलाई धन्यवाद ज्ञापन गर्दछौं ।

हामीले राजतन्त्रको अन्त्य, संविधानसभाको निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्नमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छौं । अनेक प्रकारका अवरोधहरुलाई पन्छाउँदै संविधानसभाबाट संविधान जारी गर्नमा निर्णायक भूमिका निर्वाह गरेका छौं । नेपाली समाजमा विद्यामान सबै प्रकारका विभेद, असमानता र शोषण, उत्पिडन विरुद्धको संघर्षमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छौं । राष्ट्रिय स्वाधीनता, समृद्धि, समानता र सामाजिक न्यायको पक्षमा निर्णायक भूमिका निर्वाह गरेका छौं । सरकारको नेतृत्वमा रहँदा जनता र राष्ट्रको पक्षमा रचनात्मक र सकारात्मक भूमिका निर्वाह गरेका छौं । अब हामी संक्रमणकाललाई समाप्त गर्न, राजनीतिक स्थायीत्व कायम गर्न, संविधानको रक्षा र कार्यान्वयन गर्दै समृद्धि हासिल गर्न, लोकतन्त्रलाई सवल र सुदृढ तुल्याउँदै लोकतन्त्रलाई जीवन पद्धतीको रुपमा स्थापित गर्न, राष्ट्रिय स्वाधीनता,एकता र सामाजिक सद्भाव, सार्वभौमसत्तालाई सुदृढ तुल्याउन र सुखी जीवनको नेपाली चाहनालाई व्यवहारिक रुपमा सार्थक तुल्याउन  प्रतिवद्ध छौं । नेपालको संविधानद्घारा निर्देशित स्वतन्त्र परराष्ट्र नीतिको अनुशरण गर्दै हामी सबै मित्र राष्ट्र,विशेषतः छिमेकी देशहरु त्था अन्तराष्ट्रिय संघ,संस्थाहरुसंग सुमधुर सम्बन्ध कायम गर्न कटिबद्ध छौं ।

यही उद्देश्यका साथ हामीले पार्टी एकता गर्ने घोषणा गरेका हौं र यस निर्वाचनमा आपसी तालमेल गरेका हौं । हामी नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) समेत वामपन्थी शक्तिको नेतृत्वमा स्थीर सरकार निर्माण गर्न र उपरोक्त वमोजिका उद्देश्य हासील गर्न प्रतिवद्ध छौं । निर्वाचनका क्रममा प्रस्तुत गरिएको केन्द्रीय घोषणा पत्र तथा स्थानीय प्रतिवद्धताको कार्यान्वयन गर्दै जनता र राष्ट्रको सेवामा समर्पित हुन संकल्पवद्ध छौं ।

हामीले प्रतिपक्षको संवैधानिक व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नेछौं र प्रतिपक्षबाट पनि रचनात्मक भूमिकाको अपेक्षा गर्दछौं । त्यसैगरी सबै मतदाता, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी र संचारकर्मीहरुबाट पनि साथ, समर्थन र सहयोगको अपेक्षा गर्दछौं ।

निर्वाचन परिणाम प्रकाशित भए पश्चात् सार्वजनिक भएका वर्तमान कामचलाउ सरकारका अभिव्यक्ति र कृयाकलापहरु नेपालको संविधान, अन्तराष्ट्रिय प्रचलन र हाम्रै विगतका अभ्यास विपरीत छन् । सरकारको यस किसिमको व्यवहारबाट सरकार गठन, संविधान कार्यान्वयन र लोकतन्त्रको सहज अभ्यासमा अवरोध सृजना हुनुका साथै जनमतको अवमूल्यन तथा अनादर समेत भएको छ । हामी प्रधानमन्त्रीलाई संविधानको गलत व्याख्या नगर्न, संविधानको सहज कार्यान्वयनमा अवरोध सृजना नगर्न र संविधान सम्मत एवं लोकतान्त्रिक विधिका साथ प्रकट भएको जनमतलाई अवमूल्यन तथा अनादर नगर्न र ताजा जनादेश अनुरुप नयाँ सरकार गठन गर्नका लागि मार्ग प्रशस्त गर्न आह्वान गर्दछौं ।

केपी शर्मा ओली (अध्यक्ष) 

नेकपा (एमाले) 

पुष्पकमल दाहाल प्रचण्ड (अध्यक्ष)

नेकपा (माओवादी केन्द्र)

मिति: २०७४ पुष २ गते


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति