१२ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुलुकमा रोजगार वृद्धि गर्नुपर्छः नेता नेपाल

२ पुष २०७४, आईतवार १५:३५

पुस १, काठमाडौँ (रासस) | नेकपा (एमाले) का नेता माधवकुमार नेपालले देश र जनतालाई समृद्ध बनाउन कृषि, भौतिक पूर्वाधार तथा पर्यटन क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । 

साँखुको ईन्द्रायणी तथा त्यस वरपर क्षेत्रका स्थानीयसँगको भेटघाटपछि आज भएको भेलामा उहाँले मुलुकमा रोजगार वृद्धि गर्न यस्ता उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो । 

नेता नेपालले स्थानीय तहमा युवा उद्यमशीलता तथा महिलाका लागि घरेलु उद्यमका कार्यक्रम सञ्चालन गर्न विभिन्न आर्थिक परियोजनाको खाँचो औल्याउँदै अल्पकालीन तथा दीर्घकालीन योजनामार्फत सामाजिक सशक्तीकरण सम्भव रहेको विचार व्यक्त गर्नुभयो । 

शंखरापुर नगरपालिकाको ऐतिहासिक महत्वलाई प्रवद्र्धन गर्न त्यस क्षेत्रमा ठूलो शंख बनाउने प्रतिबद्धता व्यक्त गर्दै जोरपाटीदेखि साँखुसम्मको सडक विस्तार चाँडो सम्पन्न गर्न आफूले भूमिका निर्वाह गर्ने जानकारी गराउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आर्सनल र लिभरपुलले २–२ गोलको बराबरी खेल्दै बाँडे अंक इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीको सानदार जित करोड बढीको कारोबार गर्दै सम्पन्न भयो १८ औँ गोदावरी पुष्प मेला, ४३ हजारले गरे अवलोकन प्रिमियर लिग फुटबलमा वेस्टह्याम युनाइटेडसँग म्यानचेस्टर युनाइटेड पराजित राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै सोमबारको विदेशी मुद्राको विनिमय दर कति ? आजको मौसम : देशका पहाडी भूभागमा वर्षाको सम्भावना पेनाल्टी सुटआउटमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क हुने अनुमति विना काठमाडौँ आएको एयर एसियालाई कारबाही थलापति विजयलाई पछि पार्दै अल्लू अर्जुन बने भारतकै महँगा अभिनेता बङ्गलादेश लगातार दोस्रो पटक फाइनलमा एक्स्पायर अवतरण अनुमति लिएर आएको थाई एयर एसियालाई अन्ततः अवतरण गर्न दिइयो ७२ औँ मिनेटमा भुटानको पोस्टमा बंगलादेशको ७ गोल (अपडेट) अमेरिकासँगको खेलमा नेपालका लागि टस महत्त्वपूर्ण भुटानविरुद्ध बंगलादेशले पहिलो हाफमा नै फराकिलो अग्रता (अपडेट) जब अदालतमा हराएको ३३ लाखको हिराको हार वकिलको खल्तीमा भेटियो अफगानिस्तानका राष्ट्रिय टोलीबाट खेल्दै आएकासहित १० खेलाडीहरुको एनपीएलमा चासो, तीनजनाले तोके मूल्य वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक उप्रेती छानबिनका लागि मन्त्रालय तानिए बोटोक्सका कारण मुख बाँगो भएको आलोचनापछि के भनिन् अलिया भट्टले?