पढ्न करिब 1 मिनेट लाग्छ

राम नारायण पंडित | पुस ४, सिरहा | पुर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका १० प्रयागपुरमा आज (मंगलवार) विहान यात्रुबाहक बस दुर्घटना हुदाँ एक दर्जन भन्दा बढी यात्रु घाईते भएका छन् ।

काठमाण्डौबाट काकडभिट्टा जाँदै गरेको ना ४ ख ७४१८ नम्बरको मुनाल यातायात नामको यात्रुबाहक रात्रीबस प्रयागपुरमा अनियन्त्रित भएर सडक छेउमा पल्टिदाँ बसमा सबार मध्ये एक दर्जन भन्दा बढी यात्रु समान्य घाईते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको स्थानिय अस्पतालमा उपचार भईरहेको अस्थायी प्रहरी पोष्ट मिर्चैयाका प्रहरी सहायक निरीक्षक सतेन्द्र यादबले जानकारी दिनुभयो । बसका चालक फरार रहेकोले खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ ।

कुहिरो र हुस्सुले बस अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको अनुमान रहेको छ ।