पुल नहुँदा स्थानियलाइ सास्ती

साझासवाल
4 Min Read

rapti nadiसलिम अन्सारी/कात्तिक २, प्यूठान । अर्घाखाँचि जिल्लाका पश्चिमी क्षेत्र जलुके ५ का बिधार्थी जोखिम मोलेरै बिधालय आउजाउ गर्दै आएका छन । प्यूठानको बागेँसाल स्थित गौमुखी बोर्डिग स्कुल, ऐरावती बोर्डिग स्कुल, खडकेशरी माबी र सरस्वती उमाबीमा अध्यन गर्न आउने उनीहरु राप्ती नदीमा पौडेरै तर्न बाध्यय छन ।

गाबिस मै रहेको स्कुल टाढा हुँदा उनीहरु यसरी जोखिममा परेका हुन । स्कुल खुल्ने बेला राप्ती नदीका सयौ बिध्यार्थीहरुको यस्तै सधैको दैनिकी हो । आफनो गाबिसमा भयको बिधालयमा पुग्न घण्टौ समय लागने भएपछी लुगा फुकालेर नदी तरेरै भएपनी शिक्षा आर्जन गरिरहेका छन । बिहान सवेरै राप्ती नदीको किनारमा आइपुग्छौ, बिध्यार्थी टेक बहादुर रानाले भने, शरिरको लुगा फुकाल्छौ कितावलाइ प्लाष्टिकमा बेरेर टाउकोमा बाँधी नदि तर्ने गर्छौ ।

स्कुल ड्ेस निकालेर पौडिन छात्रहरुलाइ जती सहज छ तर छात्राहरुलाइ भने झनै समस्या छ। केटाहरु पौडेर भ्यायपछी मात्र पौडिन केटिको पालो आउने सरस्वती उमाबीमा कक्षा १२ मा अध्यनरत बिध्यार्थी मेनका थापाले भनिन,कि त बिहानै आउनुपर्छ कि त सवै भन्दा पछी उनले भनिन, प्राय स्कुलमा यसै कारण ढिला पुग्ने र पहिलो घण्टिको पढाइ छुटने गरेको छ । घर नजिकै बिधालय नहुँदा र राप्तीमा पुल नभएकै कारण यसै गरी आफुहरु बर्षौदेखी यस्तै समस्या झेल्दै आएको उनले प्रभाव दैनिक सँग बताइन ।

बिधालयको तथ्याकँ अनुसार राप्ती पारी अर्घाखाचीका बिभिन्न गाउँबाट करिव १ सय ५० भन्दा बढि बिध्यार्थी पठनपाठनका लागी प्राथमिक देखी उच्च शिक्षा हासिल गर्न आउने गर्दछन । बर्षायाम लाग्दा भने धेरैजसो बिध्यार्थीहरु बिधालय आउन सक्दैन्न । उनीहरुलाइ राप्ती नदीको किनार सम्म आइपुग्न अरु दुइ तिन भगाँला तर्नैपर्ने बाध्यता छ ।

बर्षेनी नदी तर्नुपर्ने बाध्यताका कारण कैयो बिध्यार्थीले प्राथमिक तहबाटै बिर्चैमा पढाइ छाडने गरेको जलुके ५ का स्थानिय एम बहादुर घर्तीले बताए । उनका अनुसार बागेँसाल ५ दर्भान र जलुके जोडने पुल नहुँदा जोखिमपुर्ण तरिकाले नदी तर्नुपरेको हो । उनीहरुले मात्र होइन स्थानियले समेत यहि सास्ती ब्यहोरिरहेका छन । अर्घाखाचीबासीको दैनिक उपभोग्य सामान खरिदका लागी बजार सम्म आएर राप्ती नदी पौडिनै पर्ने उनीहरुको जाखिम पुर्ण अनिबार्य जस्तै बनेको छ ।

प्यूठानको छिमेकी जिल्ला राप्ती पारीका बस्तीका जलुके ५ का साथै आपचौर दप्सु सिद्दारा गाबिस दमरा बरिदमार दमारबेसी लगायतका सयौ बासिन्दालाइ आवतजावत गर्न असहज छ। यहाँ पुल भएमा अर्घाखाँचीबाट बागेँसाल सम्म आउने र बागेँसालबाट त्यहाँ जाने स्थानिय र बिध्यार्थीलाइ सजिलो हुने जलुकेका स्थानिय टिकाराम सारुले बताए। नदि वारपार गर्न पौडिनै पर्ने बाध्यता छ। उनले भने घुमेर जाँदा वजार पुग्न घन्टौ समय लाग्छ । जोखिममा नदि तर्दा कैयौले ज्यान समेत गुमाएको र नुनतेल चामल जस्ता खाद्य बस्तु थुप्रै पटक नदिले बगाएको उनले सुनाए।

उनीहरु वजारमा सामान खरिद गर्न र कुटानी पिसानीका लागी बागेसाल ६ स्थित दर्भान बजारमा आउने गर्छन । जलुके र दर्भान वजारको बिचमा पुल निर्माणका लागी दुइ गाउँको समन्वयमा जिल्ला स्थित सरोकारवाला निकायलाइ बारम्बार आग्रह गरेपनी बन्न सकेको छैन। सरकारी स्तरबाट कैयौ पटक निर्माणका लागी पहल गरिए पनी लगानी धेरै लाग्ने भन्दै सरोकारवाला फर्कने गरेको स्थानियले गुनासो गरेका छन ।

बिभिन्न समयमा जलुके र बागेसालका स्थानियहरुले समन्वय गरि समिती गठन गरिए पनी केन्द्रिय स्तर सम्म पहँच पुग्न नसक्दा प्रक्रियाले गती लिन नसकेको उनीहरुले बताय। जिल्लाका सरोकारवालाले साना योजना मात्र हेर्न सक्ने भन्दै पन्छिने गरेको स्थानियको भनाइ छ ।

Share This Article
Leave a Comment

Leave a Reply