१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

अनाथालय सञ्चालनमा खोटाङका युवा (फोटो सहित)

४ पुष २०७४, मंगलवार १५:३३

चिसाङ शेर्पा | पौष ४, खोटाङ | खोटाङको खोटेहाङ गाउँपालिका वाप्लुखा दुईका २२ वर्षिय युवा ठिटो ईन्द्रहाङ राई खोटाङे युवामाझमा फरक शैलीका युवा हुन् । मुलतः पेशाले विधार्थी नेता कर्मले अनाथालय सञ्चालक हुन् । अध्ययनका हिसाबले उहाँ आरआर कलेजमा बिए दोश्रो बर्षमा अध्ययनरत छन् ।

शुरुमा गाउँमै निमावि स्तरको पढाई पुरा गरेर २०६८ सालमा उदयपुर बेल्टारस्थित ज्योती उच्च माविवाट १६ बर्षको उमेरमा एसएलसी उतिर्ण गरेका राईले ब्रिलियण्ट कलेज काठमाण्डौबाट प्रबिणतापत्र पास गरेका हुन् । एमाले निकट अनेरास्ववियु केन्द्रिय सदस्य तथा उदयपुर ईन्चार्ज पद सम्हालिरहेका ईन्द्रले राजनीति यात्रासँगै राजधानी काठमाण्डौ मनमैजुमा एकीकृत सिर्जनशिल समाज अनाथालय सञ्चालन गरिरहेका छन् । 

एकीकृत सिर्जनशिल समाज अनाथालयका सचिव उनले प्रहरीसँग राजनीतिक झडपदेखी लाठी चार्जसम्म खाएका अनुभव छ । राजनीतिक यात्रामा निरन्तर अगाडी बढीरहेका राईले २०७१ सालबाट अरुले छोडेको अनाथालय जिम्मा लिएर चलाउन थालेका हुन् । बाल्यवस्थाबाट समाजसेवामा रुचि भएका उनले आफ्नो सपना पुरा भएको बताए । बिधार्थी जिबनमा यही सपनाको ड्राफ्ट कोरेको कुरा बास्तविकतामा निर्बाह गर्न पाएको छु । उनले भने, “अब यसलाई मजबुत र बृहत बनाएर लैजाने जिम्मेवारी लिएको छु । यसका लागि हामीलाई सबैको सहयोगको खाँचो छ ।”


९ सदस्य सञ्चालक समितिद्धारा सञ्चालित अनाथालयमा जयप्रकास बुढामगर अध्यक्ष रहेका छन् । हाल अनाथालयमा ३९ जना बालबालिका बसिरहेका छन् । सहयोगीदाता, शुभेच्छुक, दातृ निकाय, संघसंस्थाको स्वेछिक सहयोगमा उनीहरुको भविष्य शुनिश्चित हुंदै गईरहेको छ । अपबादमा कुनै सहयोगीदाता नहुंदा समेत मजबुत रहेको अनाथालयमा पुर्बी रुकुमदेखी सुदुर कर्णालीसम्मका बिचल्ली बनेका बालबच्चा रहेका छन् । रुकुम, रोल्पाका द्धन्द पिडित, सिन्धुपाल्चोकका जुरे पहिरो, सुनकोशी थुनिदा बिस्थापित र सिराह, म्याग्दीका भुकम्प पिडित बालवालिका छन् । 


बालबालिकालाई लालनपोषणमा कुनै कमि हुन नदिन हर कसरत गरिरहेका राई विधार्थी राजनीतिसंगै अनाथालयलाई माथी लैजाने जोरजममा छन् । अनाथालयका सानाठुला बालवच्चा मनमैजुमै शुभकामना बोर्डिङमा ४० प्रतिशत छुटमा अध्ययन गरिरहेका छन् । मनमैजुमा रहेको अनाथालयको रेखदेख गर्न भ्याईरहेका राई अहिले नीजि लगानीबाट जन्मस्थान खोटाङ वाप्लुखामा बाख्रापालन पेशा शुरु गरेका छन् । ५० वटा खशीबाख्रा पालन गरिरहेका उनी निकट भविष्यमा नै बालग्रह स्थापनाकोे सोचमा रहेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ