बजारभित्रका पुरानाभन्दा पुराना फो"/>
बजारभित्रका पुरानाभन्दा पुराना फो"/>
चिसाङ शेर्पा/पुस ५, खोटाङ । खोटाङको रुपाकोट मझुवागढी नगरपालिका दिक्तेल बजारमा बृहत सरसफाई सप्ताह अभियान शुरु भएको छ ।
बजारभित्रका पुरानाभन्दा पुराना फोहोर हटाउनका लागि ऐतिहासिक नगर सफाई अभियानको उद्घाटन भएको हो । “स्वच्छ, सफा र संमृद्ध नगर सम्पुर्ण रुपाकोट मझुवागढीवासीको रहर” भन्ने मुल नाराका साथमा दिक्तेल रत्नपार्कको घर, पसल, होटल र सार्वजनिक स्थानमा फ्याकिएका फोहोर उठाउदै सरसफाई सप्ताह बुधबार बिहानदेखी शुरु भएको छ ।
रत्नपार्कस्थित स्थानियवासीहरुले जम्मा गरेका फोहोरका बोरालाई ट्याक्टरमा लगाउदै प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई, प्रदेशसभा सदस्यद्धय राजन राई र राम कुमार राईले सरसफाई सप्ताहको उद्घाटन गरेका हुन ।
रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा सदरमुकाम दिक्तेल बजारकोे रत्नपार्कबाट शुरु भएको सरसफाई सप्ताहमा नगरपालिका, सामुदायिक सेवा केन्द्रका प्रहरी, हलेसी गुल्मका शसस्त्र प्रहरी, शेरगण मुढे ब्यारेकका नेपाली सेना, म्यादी प्रहरी, सरस्वती उच्च मावि दिक्तेलका ७ सय विधार्थी, उधोग बाणिज्यसंघ, यातायात व्यवसायी, नगरवासी, कर्मचारीले बजारका फोहोर उठाउँदै रत्नपार्क–हाटडाडाँसम्म ¥याली निकालेको थियो ।
यसभन्दा अगाडी कन्ट्रयाक्टर कालिका फोहोरमैला व्यवस्थापन तथा प्रशोधन प्रालीले बजारवासीलाई सदस्य बनाए घर, पसल, होटलबाट निस्कने मात्र फोहोर उठाउदै आएको थियो ।
नगरपालिकासँग सम्झौता गरेर बुधबारदेखी पुनः कालिकाले पुराना फोहोर उठाउन थालेको रुपाकोट मझुवागढी नगरपालिका प्रमुख दिपनारायण रिजालले बताउनुभयो । नगरलाई सफा, सुन्दर र स्वच्छ बनाउने योजना साथमा हप्तादिनमा पुराना फोहोरमैला उठाईसकिने छ ।
रिजालले भने, फोहोरमैलालाई नगरपालिकाको वडा नं. ५ स्थित लफ्याङमा रहेको ल्याण्डफिल्ड साईडमा व्यवस्थापन गरिएको छ । हप्तादिनसम्म चारवटा ट्याक्टरले दिक्तेल बजारको फोहोर उठाउने छ ।