३ कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्यूठानमा वालविवाह विरुद्धको एक महिने अभियान सुरु

२ मंसिर २०७२, बुधबार ०२:३१

मंसिर २, प्यूठान । जिल्लामा ‘वालविवाह विरुद्धको एक महिने अभियान’ सुरु गरिएको छ । अभियानको वारेमा महिला तथा वालवालिका कार्यालय प्यूठानले सोमवार पत्रकार भेटघाट गरी जानकारी गराएको छ ।

२०६९ मा जिल्लाका आठ गाविसमा गरिएको सर्वेक्षण अनुसार वालविवाह बढी देखिएका उक्त गाविसहरुलाई छनौट गरी सचेतनामुलक अभियान चलाइएको महिला तथा वालवालिका अधिकृत शान्ती वि.क.ले जानकारी दिनुभयो । गोठिवाङ, भिंगृ, बर्जिवाङ, र प्यूठान नगरपालिका–१८, १९ (साविकको खैरा गाविस) मा पहिलो पटक अभियान सञ्चालन गरिएको हो ।

कार्यक्रम अन्तर्गत सम्वन्धित गाविसमा रहेका निमावि, मावि विद्यालयमा बाल विवाह र यसको असर विषयक वक्तृत्वकला, कथा लेखन, ‘वाल विवाह हुन्न भनौँ’ विषयमा निवन्ध प्रतियोगिता र शिक्षक, विद्यार्थी र अभिभावकहरुलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ । प्रमुख सामाजिक समस्याको रुपमा रहेको वालविवाहलाई न्यूनीकरण गर्नका लागि वाल विवाह विरुद्धमा हस्ताक्षर संकलन, वडा स्तरमा घरदैलो तथा -याली प्रदर्शन, अन्तरक्रिया, महिला हिंसा विरुद्धको लोगो(सेतो रिवन) वितरण र सडक नाटक प्रदर्शन लगाएतका कार्यक्रमहरु सञ्चालन हुने महिला विकास अधिकृत वि.क.ले जानकारी दिनुभयो । अभियानलाई सफल बनाउन सवै क्षेत्रबाट रचनात्मक सहयोग गर्न समेत उहाँले आग्रह गर्नुभयो ।

अभियान सञ्चालनका लागि सात लाख ९२ हजार रुपैयाँ बजेट विनियोजन गरिएको पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईएको छ । अभियान सफल बनाउनका लागि जिल्लामा सञ्चालित संचारमाध्यम र संचारकर्मीहहरुले सहयोग गर्ने नेपाल पत्रकार महासंघ प्यूठानका अध्यक्ष गिरुप्रसाद भण्डारीले प्रतिवद्धता व्यक्त गर्नुभयो ।महिला तथा वालवालिका कार्यालय प्यूठानले अगुवाई गरेको अभियानमा जिल्ला वाल कल्याण समिति, जिल्ला विकास समिति, कालिका विकास केन्द्र नेपाल, सेभ द चिल्ड्रेन, संयूक्त राष्ट्र संघिय जनसंख्या कोष (यूएनएफपिए), महिला सहयोग मञ्च र नेपाल पत्रकार महासंघ प्यूठान लगाएतका संघ संस्थाहरुले सहकार्य गरेका छन् ।

बाल अधिकार अधिकृत यादव प्रसाद खनालले सञ्चालन गर्नुभएको कार्यक्रममा महिला विकास अधिकृत वि.क.ले अभियानको विषयमा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने : प्रधानमन्त्री ओली माओवादी पार्टीहरुको एकता चाँडै टुङ्गोमा पुग्छ : अध्यक्ष प्रचण्ड इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या ४२ हजार पुग्यो रास्वपा प्रवक्ता मनिष झाले भने : देउवा लोकतन्त्रका सबैभन्दा ठूला ठग हुन् रवि लामिछाने पक्राउको विरोधमा रास्वपाका कार्यकर्ताले गरे पोखरामा प्रदर्शन मलेसिया सरकारले बढायो श्रमिकको तलब, अब न्यूनतम तलब १७०० रिंगेट काठमाडौं महानगरले पर्यटन प्रवर्द्धनका लागि आज बसन्तपुरमा सांस्कृतिक कार्यक्रम गर्दै चितवनमा जनयुद्ध लडेका नेताहरुलाई एउटै मन्चमा ल्याउने प्रयास रवि लामिछाने लक्षित सूर्य थापाको व्यङ्ग्य लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुने न्युजिल्यान्ड १४ वर्षपछि महिला विश्वकपको फाइनलमा आजको मौसम : देशका केही भूभागमा वर्षा हुने पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने कास्की प्रहरीको हिरासतमा रवि पक्राउ पछि सीके राउतको प्रतिक्रिया: ‘सुनौलो भविष्य बोकेको कोपिला निमोठिएको हो’ सभापति लामिछाने पक्राउ: राजनीतिक पूर्वाग्रह साफ वुमन्स च्याम्पियनसिप: नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा सकियो रविलाई रिजालको जवाफ, ‘सरकार मरेको होइन, सक्रिय भएको हो’ रवि लामिछानेसहित को-को विरुद्ध छ पक्राउ पुर्जी ? रविलाई पक्राउ गर्न रास्वपा कार्यालय पुग्यो सीआईबीको टोली रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी