2026-09-19 06:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

कुचिकारद्वारा अमरगढी नगरपालिकामा तालाबन्दी

पुस ४, डडेल्धुरा (रासस) | डडेल्धुरास्थित अमरगढी नगरपालिका बजार क्षेत्र सरसफाइ गर्ने कुचिकारले नगरपालिकाको कार्यालयमा आज तालाबन्दी गरेका छन् । 

डडेल्धुरा सदरमुकाम बागबजार, तुफानडाँडा, खलंगा, कीर्तिपुर, पोखरा बजार क्षेत्र सरसफाइ गर्दै आएका कामदारले महिनौसम्म आफूहरुले तलब नपाएको भन्दै नगरपालिकमा तालाबन्दी गरेका हुन् । 

नगर सरसफाइको काम गर्दै आएका दुई दर्जनभन्दा बढी कामदारले नगरपालिकाको लापरवाहीका कारण तलब नपाएको बताउँदै बजारबाट संकलन गरेको फोहोरको ट्रयाक्टर कार्यालयमै राखी कार्यालयको मुख्य गेटलगायत कार्यालयमै तालाबन्दी गरेको कामदार हिमाल जैरुले जानकारी गराउनुभयो । तालाबन्दी हुँदा नगरपालिकाबाट हुने सबै कामकाज ठप्प भएको छ । 

दिनहुँ सिफरिस, दर्ता, नवीकरणलगायतका विभिन्न कामले टाढाटाढाबाट कार्यालयसम्म पुग्ने सेवाग्राही आज त्यसै फर्केका छन् । 

नगपालिकाका अनुसार नगरप्रमुख र उपप्रमुख जिल्ला बाहिर हुनुहुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई