2026-09-12 08:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नौ घण्टापछि ग्यास उद्योगको आगो नियन्त्रणमा

पुस ५, पर्सा (रासस) | सुपर ग्यास प्रालि उद्योगमा लागेको आगो नौ घण्टापछि नियन्त्रणमा आएको छ । 

वीरगञ्ज उपमहानगरपालिकाको वडा नं २३ सुगौली विर्तामा रहेको सुपर ग्यासमा आज बिहान ६ बजेदेखि लागेको आगो अपराह्न २ बजे मात्रै नियन्त्रणमा लिन सकिएको हो । 

स्थानीय बासिन्दा, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपालको विभिन्न जिल्ला तथा सीमावर्ती भारतीय सहर रक्सौलबाट आएका बारुणयन्त्रको सहयोगमा आगोलाई नियन्त्रणमा लिइएको पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले जानकारी दिनुभयो । 

उहाँले फायर एक्स्टिंग्युजरको सहयोगमा स्थानीय बासिन्दाले उद्योगभित्र रहेका ग्यास बुलेटको आगो निभाएपछि बाँकी स्थानमा लागेको आगोलाई अमलेखगञ्ज तथा रक्सौलबाट आएका रसायनयुक्त बारुणयन्त्रको सहयोगमा आगोलाई नियन्त्रणमा लिइएको बताउनुभयो । 

उहाँका अनुसार ग्यास उद्योग नजिकैको खेतबाट दुई व्यक्तिको शव फेला परेकोे छ र मृतकको परिचय खुल्न सकेको छैन । 

वीरगञ्ज महानगरपालिकाको बारुणयन्त्रका दुई जना कर्मचारी सम्पर्कविहीन भए पनि मृतक उनीहरु नै भएको भन्ने यकिनका साथ भन्न नसकिने उहाँले बताउनुभयो । 

आगलागीबाट उद्योगमा भएको क्षतिको विवरण तत्काल यकिन गर्न नसकिएको स्थानीय प्रशासनले जनाएको छ । 

उद्योगका लागि भारतबाट आयात गरिएको खाना पकाउने एलपिजी ग्यास अनलोड गर्ने क्रममा ग्यास चुहिएको र सोही ग्यासलाई नियन्त्रण गर्न घटनास्थल पुगेको बारुणयन्त्रको इञ्जिनबाट आगो सल्की आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको स्थानीय प्रशासनले जनाएको छ । 

आगो निभाउन पुगेको बारुणयन्त्रका अग्नि नियन्त्रक मधुसूदन मिश्र र यादवप्रसाद अधिकारी सम्पर्कविहीन रहेका छन् भने उक्त घटनामा परी बारुणयन्त्रका चालक अरुणकुमार महतो र अग्नि नियन्त्रक संजीव नेपाल गम्भीर घाइते भएका छन् । 

घाइते दुवै जनालाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ लगिएको र उनीहरुको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले बताएको छ । 

आज बिहान ४:३० बजेको समयमा उद्योगका कर्मचारीले भारतबाट ल्याइएको खाना पकाउने ग्यासलाई उद्योगको मूल भण्डारण गर्ने ट्यांकीमा अनलोड गर्ने क्रममा ग्यास चुहिएको अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन